आजदेखि नेपालबाट मौसम बाहिरीने बाढी पहिरोबाट १७८ जनाको मृत्यु

असोज ३०

काठमान्डौ – गत १८ गतेबाट नेपालभर सकृय रहेको मौसम आजदेखि पुर्णरुपमा बाहिरिने मौसम विज्ञानले जनाएको छ ।

मौसम विज्ञानका बरुन पौडेलका अनुसार कर्णाली सुदुरपचिमबाट मौसम पुर्ण रुपमा बाहिरी सक्एको छ भने प्रदेश १ बाट आज मौसम बाहिरिने छ।

अक्टोबर २ तारिख सम्म नेपालबाट बाहिरी सकिने मौसम यो बर्ष भने अलि लामो सम्म रहेको छ ।

यस्तै यो बर्ष बाढी पहिरो र चट्याङबाट १७८ जनाको मृत्यु भएको छ। ती मध्य ७ जनाको चट्याङबाट मृत्युु भएको हो ।त्यस्तै यो बर्षको बाढी पहिरोले औसत रुपमा धन जनमा क्षेती गरेको छ।

सरकारले कर्णालीका चार जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । सरकारले जुम्ला हुम्ला मुगु कालिकोटलाई हिजोबाट संकटग्रस्त क्षेत्र घोषणा गरेको हो ।