Gold

सुर्खेतको भेरी नदिमा डुबेर दुई जना बेपत्ता

कार्तिक १२

Naumule Migrate

सुर्खेत – सुर्खेतको भेरी नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई जना बेपत्ता भएका छन् । आज दिउँसो २ बजे बनभाेज खान गएका दुई जना भेरीगंगा नगरपालिका-२ सत्तरीमा पर्ने भेरी नदीमा पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ  ।

दैलेखको भगवतीमाई गाउँपालिका ४ घर भइ हाल वीरेन्द्रनगर नगरपालिका–३ बस्ने  १९ वर्षीय  छवि बुढा र वीरेन्दनगर ३ का १९ वर्षीय  दिपक थापा बेपत्ता भएका  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सुरज कार्कीले जानकारी दिए । बेपत्ता भएकाहरुकाे खोजी भैइरहेको पनि कार्कीले बताए । फाईल तस्वीर

Naumule Badhipahiro