surkhet

रवि लामिछाने नेपाली मूलका विदेशी नगारिक रहेको खुल्यो

surkhet

काठमान्डौ – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दामा भइरहेको अन्तिम सुनुवाइमा रिट निवेदकतर्फका कानुन व्यवसायीहरूको बहस सकिएको छ ।
बहसका क्रममा रिट निवेदक तर्फका कानुन व्यवसायीहरूले लामिछाने आजका मितिसम्म नेपाली नागरिक नभएको जिकिर गरेका छन् ।

कानुन व्यवसायी रमण कर्णले ऐनमा ‘नेपाली नागरिकले नेपालको नागरिकता त्याग्न तोकिए बमोजिम सूचना गरेपछि तोकिएको अधिकारीले त्यस्तो सूचना दर्ता गर्नेछ र त्यसरी दर्ता गरिएको मितिदेखि निजको नेपाली नागरिकता कायम रहने छैन’भन्ने स्मरण गराए ।

यसरी हेर्दा पनि लामिछाने नेपाली नागरिक नरहेको र उनले अमेरिकी नागरिकता तथा राहदानी त्यागेर नेपाली नागरिकता लिनका लागि कतै पनि निस्सा पेस नगरेको कर्णको भनाइ छ।

Dailekh

रिट निवेदकका तर्फबाट बहस गरेका अर्का वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले नागरिकताको समाप्ति राज्य वा व्यक्तिको निर्णयबाट हुने बताए । उनले भने,’ ‘नागरिकता प्राप्तिका लागि राज्यको उपस्थिति अनिवार्य हुन्छ । अमेरिकी ग्रिनकार्ड त्यागेपछि नेपालमा नागरिकता पुनःप्राप्तिको प्रक्रिया नै नथालेको देखिन्छ ।

Gorkha

वरिष्ठ अधिवक्ता भण्डारीले रविले नेपाली नागरिकता प्राप्त नगरेको वा एकपटक कायम नरहेको नागरिकता कायम गराउन कानुनले तोके बमोजिम प्रक्रिया थालनी गरी सो प्रक्रिया पूरा गरी नागरिकता पुन: प्राप्त नगरेकाले पनि उनलाई नेपाली नागरिक भन्न नसकिने दावी गरे। उनीहरुले रवि नेपाली मूलका विदेशी नगारिक रहेको जिकिर गरे।

रविका पक्षबाट वरिष्ठ अधिवक्ता सुशील पन्तसहित चारजना कानुन व्यवसायीले बहस गर्नेछन्।

उक्त मुद्दामा प्रमाणका आधारमा पक्ष,विपक्ष र सरकारी वकिलको बहसपछि आज फैसला हुने जनाइएको छ ।
सर्वोच्चले मुद्दामाथि सुनुवाइ गर्न कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा वरिष्ठतमका आधारमा संवधानिक इजलास गठन गरेको छ ।  इजलामा कामु प्रधानन्यायाधीश कार्की र न्यायाधीशहरूमा विश्वम्भरप्रसाद श्रेष्ठ,ईश्वरप्रसाद खतिवडा,आनन्दमोहन भट्टराई,अनिलकुमार सिन्हा रहेका छन् ।

अमेरिकी नागरिकता त्याग नगरी झुटा विवरण पेश गरी नेपाली राहदानी बनाएको लामिछानेमाथि आरोप छ । सर्वोच्चले रिट निवेदन उपरको सुनुवाइ स्थगित नहुने गरी लामिछानेको मुद्दामा आजबाट संवैधानिक इजलासमा अन्तिम सुनुवाइ गर्न लागेको हो ।

 

 

 

salyan