surkhet

गृहमन्त्री कसलाई बनाउने भन्ने जिम्मा प्रधानमन्त्री प्रचण्डको हुन्छ :महरा

surkhet

काठमाण्डाै – सत्तारूढ नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले गृह मन्त्री कसलाई बनाउने भन्ने कुराको टुङ्गो लगाउने जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे भएको बताएका छन।

सोमवार पार्टी पदाधिकारी बैठकपछि सञ्चारकर्मीले सोधेको प्रश्नमा जवाफ दिदै उपाध्यक्ष महराले गृह मन्त्रीबारे प्रधानमन्त्रीले निर्णय गर्ने विषय भएकाले त्यसलाई पार्टीभित्र प्रवेश नै नगराइएको जिकिरसमेत गरे।

Gorkha

महराले भने गृह मन्त्रीको विषयमा प्रवेश नै गरिएन । यो सरकारको विषय हो । गृह मन्त्री को हुन्छ, को हुन्न ? भन्ने कुरा प्रधानमन्त्रीले टुङ्गो लगाउने कुरा हो’।

Dailekh

सर्वोच्च अदालतले अनागरिक ठहर गरेपछी गएकाे शुक्रवार उपप्रधानमन्त्री एवम् गृह मन्त्री रवि लामिछानेले आफ्नो पद गुमाएका छन।

उक्त पदमा कसलाई बनाउने भन्ने विषयमा प्रधानमन्त्री प्रचण्डले निर्णय गरेका छैनन। त्यस्तै लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो जिम्मेवारीमा रहेको भन्दै त्याे मन्त्रालयमा दाबी नछाड्ने जनाएको छ ।फाईल तस्विर

salyan