Gold

चितवन २ मा बैशाख १० गते उपनिर्वाचन हुँदै

फागुन १

Naumule Migrate

काठमान्डौ – निर्वाचन आयोगले चितवन २ मा बैशाख १० गते उपनिर्वाचन हुने जनाएको छ।निर्वाचन आयोगले बैशाख १० गतेका लागि चितवन-२ को रिक्त सांसद पदमा उपनिर्वाचन गर्ने निर्णय गरेको हो।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नेपाली नागरिकतामा अयोग्य ठहरीएर लगतै गृहमन्त्री उप प्रधानमन्त्री तथा सांसद पद मुक्त भएपछि निर्वाचन आयोगले चितवन २ मा उपनिर्वाचन गराउन लागेको हो।

नागरिकता छानबिनमा मुद्दा खेपिरहेका रवि लामिछानेमाथी सर्वोच्च अदालतले अनागरिक ठहर गरेको छ। त्यो लगतै रवि लामिछाने सबै पदबाट पद मुक्त भैइसकेका छन। रवि लामिछानेले माघ १५ मा पुनः नागरिकता लिएका छन। फाईल तस्विर

Naumule Badhipahiro