Gold
Bangad salyan

आज भानुजयन्ति विभिन्न कार्यक्रमका साथ् मनाईदै ,,

Salyan

असार ,२९ काठमाडौं – आज आदिकवि भानुभक्त आचार्यको २ सय ५ औं जन्मजयन्ती आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।भानु जयन्तीको अवसरमा काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरिएको छ । भानु प्रतिष्ठानका अध्यक्ष डा. व्रतराज आचार्यका अनुसार काठमाडौंमा हुने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आमन्त्रण गरिएको छ ।वि.सं. १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा पिता धनञ्जय र माता धर्मावतीदेवीका पुत्रका रुपमा भानुभक्त जन्मिएका थिए ।

उनले ‘अध्यात्मरामायण’को भावानुवाद गरी नेपाली समाजमा मौलिक नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियताको वीजारोपण गरेका थिए। तेस्तै नेपाल देखि भारतको सिक्किम , दार्जिलिङ्गमा पनि भानुभक्तको सम्झनामा विभिन्न कार्यक्रमहरु हुँदैछन् ।उनका ‘प्रश्नोत्तर’ (१९१०), ‘भक्तमाला’ (१९१०) ‘वधूशिक्षा’ (१९१९), ‘रामगीता’ (१९२५) तथा दर्जनौँ साहित्यिक कृति प्रकाशित छन् ।आचार्यले लेखेका पाण्डुलिपिलाई संग्रह गरेर मोतीराम भट्टले पुस्तकाकारमा प्रकाशन गरेर नेपाली जगतमा चिनाएका हुन् ।