जापान पढ्न गएकि किशोरीले घरमा भिडियोकल गर्दै आत्महत्या गरिन
भदौ ५
काठमान्डौ – जापान अध्ययनका लागि गएकि एक नेपाली किशोरीले परिवारसँग फोनमा कुरा गर्दै अवस्थामा भिडियो कल गरेर झुण्डिएकी छन् ।
दोलखा घर भएकि करिव २० बर्षिया विद्यार्थी रबीना बुढाथोकी सोमबार साँझ झुन्डिएको अवस्थमा फेला परेकी हुन।
घटनापश्चात फुकुओका क्षेत्रमा रहेका नेपालीहरुले उनको कोठा करिव आधा घण्टामा पत्ता लगाएपछि प्रहरी बोलाएर उद्दार प्रयास गरिएको थियो ।
प्रहरीले अगाडि फोन राखेर झुण्डिएको अवस्थामा फेला पारेको थियो । यस्तै ढोकाको चुक्कुल लगाएर झुन्डिएपनि कोठामा त्यस्तो कुनै सुसाईड नोट भने फेला नपरेको फुकुओ प्रहरीले जनाएको छ।
आपतकालिन रुपमा प्रहरी र एम्बुलेन्स बोलाएर उद्दार प्रयास गरि अस्पताल लगिएकोमा मंगलबार बिहान उनको उपचार प्रयास भइरहँदा निधन भएको अस्पतालले बताएको एनआरएनए अभियन्ता सुपेन्द्र घिसिङले जानकारी दिए ।
उनले केहिदिन अघि मात्र एउटै विद्यालयमा अध्ययनरत एक विद्यार्थीलाई ५ दिनका लागि नेपाल जानुपर्ने भएको प्लेनको टिकट बुझिदिन आग्रह गरेको पाइएको छ ।
आत्महत्याको बारेमा भने कुनै वास्तविकता खुल्न सकेको छैन।
हाल बिदेशमा रहेका उनका भाइ बिदामा नेपाल आएर फर्कनको लागि तयारी गरिरहेको बताइन्छ ।
पछिल्लो समय जापानमा पुगेका नेपालीहरुले आत्महत्या गर्ने घटना बढिरहेको पाईन्छ।