बादलको सार्बजानिक प्रतिबद्धता-पत्र ,,

रंग दर्पण २१ माघ –  राष्ट्रियसभा चुनावका लागि बादलले सार्वजनिक गरे प्रतिबद्धता-पत्र ,,

काठमाडौं : राष्ट्रियसभा सदस्य उम्मेदवार माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलले राष्ट्रियसभा सदस्यका लागि मत मागेका छन्। ‘समाजवादको दिशामा दृढतापूर्वक अघि बढौँ’ शीर्षकको प्रतिबद्धता–पत्र सार्वजनिक गर्दै बादलले मत मागेका हुन्।

आफ्नो पृष्ठभूमिसहित तयार पारेको उनको प्रतिबद्धतापत्रमा भनेका छन्, ‘महान् सहिद, राष्ट्र तथा जनताका अधुरा सपना साकार पार्न मलाई आफ्नो अमूल्य मतद्वारा राष्ट्रियसभामा विजयी गराई उक्त अवसर एवम् जिम्मेवारी प्रदान गर्नु हुन विनम्रतापूर्वक आग्रह गर्दछु।’

lekbesi

उनले आफूलाई मत दिए कतापी घात नहुनेसमेत प्रष्ट पारेका छन्। ‘म तपाईंको मतमार्फत् अभिव्यक्त विश्वासप्रति कदापी ‘घात’ गर्ने छैन, यो मेरो दृढ प्रतिबद्धता हो’, बादलले भनेका छन्।