चट्याङ लागेर लमजुङमा १८ वटा भेडाबाख्रा मरे

कार्तिक १

लमजुङ – चट्याङ लागेर लमजुङमा १८ वटा भेडाबाख्रा मरेका छन् । मर्स्याङ्दी गाउँपालिका,५ सञ्जापुमा रहेकाे भेडीगोठमा हिजो मङ्गलवार दिउँसो १ बजेको समयमा चट्याङ लागेर स्थानीय किसानका १८ वटा भेडाबाख्रा मरेका हुन।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक थानेश्वर चपाईका अनुसार स्थानीय धनराज घलेका तीन वटा बाख्रा र १० वटा भेडा मरेका छन् ।

यस्तै सुकुमराशी गुरुङका तीन वटा बाख्रा र दुई वटा भेडा मरेका  छन् ।
चट्याङबाट मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक चपाईले बताए ।