surkhet

खण्डग्रास चन्द्रग्रहण नेपालबाट पनि देख्न सकिने

कार्तिक ११

surkhet

काठमाडौँ – कोजाग्रत पूर्णिमाको रात लाग्ने खण्डग्रास चन्द्रग्रहण नेपालबाट देख्न सकिनेछ । खण्डग्रास ग्रहणको सुरुवात शनिबार राति १ बजेर २० मिनेटबाट हुनेछ ।

Gorkha

जसको अधिकतम ग्रहण १ बजेर ५९ मिनेटमा पुग्नेछ । त्यसपछि घट्दै गएर राति २ बजेर ३८ मिनेटमा सकिनेछ ।

यो खण्डग्रास चन्द्रग्रहण नेपालका सबै भूभागबाट देखिनेछ बीपी कोइरालाल मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी तथा विज्ञान संग्रहालय विकास समितिका कार्यकारी निर्देशक सनतकुमार शर्माका अनुसार नेपालका साथसाथै युरोप, अफ्रिका र एसियाको पूरै भूभागबाट र अस्ट्रेलिया तथा उत्तर र दक्षिण अमेरिकाको केही स्थानबाट देखिनेछ ।खण्डग्रास चन्द्रग्रहणको कुल अवधि १ घण्टा १८ मिनेटको हुनेछ ।

salyan