Gold

रमेश दुलाल कागेको रत्नपार्कमा काग सम्मेलन यसरी गर्छन् कागसंग कुरा

कार्तिक २५

Naumule Migrate

काठमान्डौ – कलाकार रमेश दुलाल कागेले यमपञ्चक अर्थात् आज काग तिहारको दिन काग सम्मेलन गरेका छन।

१७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने कलाकार रमेश दुलाल ‘कागे’ले काठमाडौंको रत्नपार्कमा २० औं ‘काग’ सम्मेलन सम्पन्न गरेका हुन् ।

प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चकका दिन दुलालले प्रतेक बर्ष काग सम्मेलन गर्दै आएका छन।

राष्ट्रिय सङ्गीतकर्मी सङ्घले आयोजना गरेको काग सम्मेलन बिहान ६ बजे गरिएको थियो । करिब ४० मिनेटसम्म उनले कागलाई बोलाएका थिए र सयौं काग एकै ठाउँमा झुम्मिएका थिए ।

मैले बिगत १९ बर्षदेखी यसरी नै बिभिन्न ठाउँमा काग सम्मेलन गर्दै आएको छु । बिशेषगरी तिहारको परम्परालाई जोगाई राखौं र सकारात्मक सन्देश दिऊँ भन्ने मेरो चाहाना हो ।

काग सम्मेलन कर्ता कलाकार दुलालले भने । ‘यो रत्नपार्क क्षेत्रमा पहिलेका बर्षहरुमा जस्तो कागको संख्या छैन । यो ठाउँमा सुरुसुरुमा निकै काग हुने गर्थे, अहिले कमि आएको छ ।

Naumule Badhipahiro