रुकुम पश्चिम्मा चिसोले तीन जना भूकम्प पिडितको मृत्यु

मंसिर १२

रुकुम पश्चिम – रुकुम पश्चिममा चिसोबाट तीन जना भूकम्पपीडितको ज्यान गएको छ ।

आठविसकोट नगरपालिका-१४ पिपलचौरका ६२ वर्षीय खगीजैसी, ६४ वर्षीय टिके जैसी र सोही नगरपालिका-११ डाँडागाउँका ७५ वर्षीय नौले पुनमगरको मृत्यु भएको हो ।

स्थानीय गोपाल केसीका अनुसार दुवै जनाको चिसोका कारण ज्यान गएको हो । भूकम्पका कारण घर भत्किएपछि उनीहर त्रिपालमुनी बस्दै आईरहेका छन।

उनका अनुसार सामान्य अवस्थामा रहेकी खगीको मंगलबार साँझ ५ बजेतिर ज्यान गएको हो पनि दमका रोगी टिकेको आइतबार राति साढे ९ बजेतिर मृत्यु भएको हो।

यस्तै पेट र दमका बिरामी मगरको सोमबार राति ९ बजेतिर ज्यान गएको स्थानीय दिपक बाह्रघरेले जानकारी दिए।भूकम्पपछि उनी पनि परिवारसँगै पालमुनी बसिरहेका थिए ।