बुढानिलकण्ठ नगरपालिकाका सव–इन्जिनियर घुस सहित पक्राउ
मंसिर १४

काठमाडौं – बुढानिलकण्ठ नगरपालिकाका सव–इन्जिनियर टिकाराज राई घुससहित पक्राउ परेका छन् ।

घर निर्माण सम्पन्न भएको प्रमाणपत्र उपलब्ध गराए बापत सेवाग्राहीसँग घुस लिएको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले उनलाई ८० हजार रुपैयाँ घुससहित बिहीबार पक्राउ गरेको हो ।
बुढानिलकण्ठ नगरपालिका वडा नं. ७ बाट उनलाई पक्राउ गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिएका छन् । पक्राउ परेका उनिमाथि अनुसंधान भैरहेको छ।
