प्रहरीको गोलि लागेर दैलेखका युवाको मृत्यु

पुस १३

काठमाडौं – बालकुमारीमा प्रहरीको गोलि लागेर एक जनाको मृत्युु भएको छ।

गोली लागेर दैलेखको महाबु गाउँपालिका ६ का सुदन राउतको ज्यान गएको ललितपुरका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक नवराज कार्कीले बताए ।

उनको उपचारका क्रममा पाटन अस्पतालमा ज्यान गएको हो ।
कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन नपाएपछि युवाले गरेको प्रदर्शनले उग्ररुप लिएपछि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते छन् ।