surkhet

बुबाको मृत्युमा लागेको ऋण तिर्न कोरियाको सपना बोकेका सुजनलाई राज्यले हान्यो गोलि

पुस १३

surkhet

काठमान्डौ – बालकुमारीमा आज मृत्यु भएका सुजन राउतका बुबाको मृत्युु भएको मात्र एक बर्ष भएको थियोे ।

बुबाको गत बर्ष मात्र ब्रेन ट्युमर का कारण मृत्युु भयपछि लागेको ऋण तिर्न भन्दै उनले कोरियाको तयारी गरेका थिए ।

सबै पारिवारिक जिम्मेवारि उठाएका राउत अब कहिले पनि जिम्मेवार पूरा गर्न नसक्ने गरि अस्ताएका छन।

Dailekh
Gorkha

दैलेख महाबु गाउँपालिका ६ रानी वनका स्थानीय भक्त बहादुर राउत र नन्द कुमारी राउत का जेठा छोरा सुजन गएको २ महिना देखि काठमाडौ मा बसेर EPS परिक्षा को तयारी गरिरहेका थिए ।

नेपालमा काम पाउन कठिन भएपछी कोरिया जाने तयारीमा रहेका राउत ३ बर्से ओभरसियर पढेर नेपालमा रोजगारीका लागि धेरै प्रयास गरे तर काम पाएनन ।

सुजन को मृत्यु को खबर ले रानी बन गाउँपालिका यतिबेला स्तब्ध बनेको छ । सुजनको घरमा आमा र एक भाइ छन ।
सुजन घर को जेठो छोरो र घर धान्ने एउटा छोरा को अप्रिय खबर ले आमा नन्दकुमारि बेहोसी हालतमा छिन।

ललितपुरको बालकुमारी शुक्रबार परेको झडपमा उनी पनि सामेल थिए ।झडपमा प्रहरीले हानेको गोलि लागेर उनी सहित दुई जनाको मृत्यु भएको छ।

salyan