विद्यार्थी बोकेको स्कुललाई पारस शाहले पेस्तोल ताकेको घटना गोप्य राखियो

काठमान्डौ – चितवनमा पूर्वयुवराज पारसले विद्यार्थी बोकेको बसलाई पेस्तोल ताकेको आरोप लागेको छ ।

भरतपुर–८ मा पर्ने गौरीगञ्ज सल्यनी रुटमा विद्यार्थी ओरालेर गाडी मोड्न खोज्दा पारसले पछाडिबाट हर्न बजाएको र मोड्न ढिला भएपछि गाडिबाट ओर्लिएर पेस्तोल ताकेको सामाजिक संजाल प्रयोगकर्ताले दाबी गरेका छन् ।

यस्तै सोही विद्यालयमा आफ्नो बच्चा पढाइरहेका नेपाल क्रिकेट संघ (क्यान) का बागमती प्रदेश कार्यसमिति सदस्य अनिल अधिकारीले फेसबुकमा समेत लेखेका छन।

चितवनको सनराइज स्कुलको विद्यार्थी बोकिरहेको स्कुल बस ड्राइभरलाई केहि दिन अघी पूर्व युवराज पारस शाहले बन्दुक देखायर तथानाम गाली गरेको घटनाको बिषयमा सनराईज स्कुलको विद्यार्थी तथा स्टाफहरु सबलाई थाह छ ।

उनीहरु सबै बोल्न डराइरहेका छन ।प्रहरिले घटनाको अनुसन्धान गर्दै छ भनेर पन्छियका छन ।प्राचार्य शिब बगाले शुरुमा प्रहरिले घटनाको अनुसन्धान गर्दै छ हामी किटानी जाहेरी दिदैनौ भनेर पन्छिन खोजे भने प्रहरिले शुरुमा अनाकानी गरे पनि अनुसन्धान गर्दै छौ भनेको छ ।

धेरै लाई यो घटना हासो लाग्दो,केहि लाई गर्‍यो त गर्‍यो के भयो त भन्ने लागेको छ भने केहि लाई यस्तो कुरा केहि होईन जस्तो लागे नि विद्यार्थी बोकिरहेको स्कुल बसमा भएको यो घटना त्यती कै गुपचुप रहन्छ कि अघी बड्छ केहि दिनमा थाह हुनेछ । फागुन १६