नेपालमा ईतिहासमै पहिलोपटक राष्ट्रिय महिला मादल वादन प्रतियोगिता हुँदै

काठमान्डौ – नेपालमा ईतिहासमै पहिलोपटक राष्ट्रिय महिला मादल वादन प्रतियोगिता २०८१ हुने भएको छ।

नारीको कला, नारीको सान” भन्ने मूल नारा सहित कर्णाली कलाकार प्रतिष्ठान, काठमाडौं नेपालको आयोजनामा र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा “राष्ट्रिय महिला मादल वादन प्रतियोगीता २०८१ हुन लागेको हो।

यहि बैशाख २७ गते राष्ट्रिय नाचघर, जमलमा उक्त कार्यक्रम हुने जानकारीको लागि हिजो काठमाडौं, नयाँ बसपार्क स्थित बिजी ब्याङ्क्वेटमा पत्रकार सम्मेलन गरी कार्यक्रमको जानकारी गराईएको थियोे ।

lekbesi

महिलाहरूको अन्तरनिहित प्रतिभाको उजागर गर्नुका साथै मौलिक बाजा मादलको संरक्षण र विकास गर्ने उद्देश्यका साथ इतिहासमै पहिलो पटक कार्यक्रमको आयोजना हुन लागेको कर्णाली कलाकार प्रतिष्ठान की अध्यक्ष प्राज्ञ टिका पुनले पत्रकार सम्मेलनमा बताईन।

प्रतियोगीलाई प्रथम पुरस्कार ५५ हजार रुपैया, द्धितिय पुरस्कार ३५ हजार रुपैया, तृतिय पुरस्कार २५ हजार रुपैया र सान्त्वना पुरस्कार १५ हजार रुपैया पुरस्कार राशी रहेको छ ।
कार्यक्रममा बरिष्ठ मादल बादक खड्ग बुढा मगर, बरिष्ठ सञ्चारकर्मी राम अबिरल, सत्यवती कला केन्द्रका अध्यक्ष उदिराम खड्का लगायत अन्य कलाकार र पत्रकारहरुको उपस्थिती रहेको थियो ।

पत्रकार सम्मेलनमा पत्रकार सबिता पोखरेलले कार्यक्रम सञ्चालन गरेकी थिईन् भने कर्णाली कलाकार प्रतिष्ठानका महासचिव धनराज चुनाराले स्वागत मन्तब्य राखेका थिए ।

प्रमुख अतिथीको रुपमा रहेका चन्द्र शर्माले नेपाल मै यस्तो प्रकृतीको प्रतियोगीता महिलाहरुको हकमा प्रथम भएको र प्रतियोगीता गर्न आँट गरेकोमा टिका पुन लगायत आयोजक टिमलाई धन्यवाद दिए। बैशाख २३