सल्यानको कुमाख गुलेलीखोलामा फोर्स गाडी दुर्घटना १७ घाईते

असोज २४

सल्यान – बिहिबार बिहान सल्यानको कुमाख गाउँपालिका ३ गुरेलीखोलामा यात्रुबहाक फोर्स गाडि दुर्घटना भएको छ।

दुर्घटना हुँदा घाईते भएका मध्य तीन जनालाई थप उपचारको लागि नेपालगञ्ज रिफर गरिएको छ ।

उपचारका लागि चौरजहारी अस्पताल ल्याईएका मध्य तीन जनाको अवस्था गम्भिर भएपछि थप उपचारको लागि नेपालगञ्ज अस्पतालमा रिफर गरिएको हो ।

नेपालगञ्जबाट रुकुम पश्चिमको चौरजहारी आउँदै गरेको लु २ ख ५००२ नम्वरको फोर्स गाडि आज बिहान देवस्थल चौरजहारी भित्रि सडकखण्डको गुरेलीखोलामा दुर्घटना परेको हो ।

ईलाका प्रहरी कार्यालय रागेचौरका प्रहरी निरीक्षक धर्मेन्द्र खड्का अनुसार गाडिमा सवार २० जना यात्रु मध्य १७ जना घाईते भएका थिए ।

घाईते मध्य १६ जनालाई उद्धार गरेर उपचारको लागि चौरजहारी अस्पताल पर्ठाएको थियो भने एक जना प्राथमिक उपचार पश्चात घर गएका थिए ।

दुर्घटनामा घाईते भएका चौरजहारी नगरपालिका १ निवासी ३३ वर्षीय त्रिलोचन गिरी, सल्यानको कुमाख गाउँपालिका ३ निवासी २२ वर्षीय सन्तोष राना र सोहि स्थानकी ३२ वर्षीया गिता बुढा लाई रिफर गरिएको हो ।

उनिहरुको खुट्टा र निधारमा गम्भिर चोट रहेको बताईएको छ । अन्य घाईतेहरुको अवस्था सामान्य रहेको अस्पतालले जनाएकोछ ।

प्रहरी निरीक्षक खड्का अनुसार अन्य घाईते हुनेहरुमा सल्यानको कुमाख गाउँपालिका ३ निवासी ५५ वर्षीय बसन्त भारती, सोही स्थानकी ६० वर्षीया बसन्ता भारती, २२ वर्षीय पारस भारती, २३ वर्षीया सम्झना भारती, १५ वर्षीय बिनोद नाथ योगी र १८ वर्षीया बिनिता नाथ योगी रहेका छन् ।

त्यसैगरी कुमाख गाउँपालिका १ निवासी २८ वर्षीया बिष्णु चन्द, ३४ वर्षीय घनश्याम केसी, १३ वर्षीया सलिना शाही, २१ वर्षीय दिपक नाथ योगी, कुमाख गाउँपालिका ६ निवासी २५ वर्षीय हरि सुनार, कुमाख गाउँपालिका ४ निवासी २० वर्षीया सुजाता बुढाथोकी र २० वर्षीया बिन्दु लामिछाने घाईते भएका छन् ।

गाडि चालक सल्यानको कुमाख गाउँपालिका ३ बस्ने २२ वर्षीय बसन्त बुढाथोकी फरार रहेको र खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ । गाडिको ब्रेक फेल भएका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।