बिदेश गएको छोरा २५ बर्षबाट सम्पर्कविहिन बाबू मरेपछि छोरीले गरिन कृया

पुष ११

मुगु- प्रदेश गएका छोरा सम्पर्क विहिन भएपछि बाबुको क्रिया छोरिले गरेकी छिन ।

मुगु छायांनाथ नगरपालिका वाडा न १ छत्यालबाडाका बर्म सिंह नेपालीको मृत्युु भएपछि उनकि छोरी सपना परियार क्रिया बसेकी हुन।

मृतक बर्म बिरामी भएपछि नेपालगन्ज ल्याईएको थियो । उनको टाउको दुख्ने गरेको र आवाज न आउने समस्या भएपछि  वीर अस्पतालमा डाक्टरले अप्रेसन गरेका थिए ।

त्यस्पछी एम्बुलेन्समा राखेर उनलाई घर लगिएको थियो । घर लगेपछि उनी मृत भएको खुलेको हो।

मृतक बर्मका एक छोरा छन तर उनी अमेरिका गएर सम्पर्क विहिन भएको परिवार श्रोतले जनाएका छन।

श्याम परियारलाई बाबुले सानैमा काठमान्डौ ल्याएर होस्टेलमा राखेको थिए । काठमान्डौबाट पढ्दै गर्दा उनले स्कुलरसिपमा नाम निकालेर अमेरिका पुगेको मृतककि परिवार धन कुमारी परियारले बताईन ।

एक मात्र उनको छोरा अमेरिका पुगेपछि सम्पर्कविहिन भएको पाईएको छ। छोरा खोजिदिन उनले हार गुहार गरेपनि हाल सम्म श्याम कहाँ छन भन्ने समेत खुलेको छैन।

आज भन्दा पाँच बर्ष पहिले श्यामले बहिनी सपनासंग फेसबुकमा कुरा गर्ने गरेको खुलेको छ। उनले परिवारलाई आफू ६ महिना अमेरिकाको जेल भित्र र ६ महिना बाहिर बस्ने गरेको खुलाएको पनि बुझीएको छ।

उनी किन त्यसरी सम्पर्क बिहिन भए भन्ने भने खुलेको छैन । सामाजिक संजालको दुनियामा भने उनले घरमा आमा बुबालाई न त फोन गरे न त फेसबुकमा वा अन्य माध्यामबाट नै सम्पर्क गरे ।

घर परिवारले पनि सबैलाई खोजिदिन भनेपनि कहि कतै पनि सम्पर्क नभएको खुलेको छ। बाबू मरेको खबर सुनेपछि कहि कतैबाट छोरा आउने आसमा रहेको मृतककि पत्नी धन कुमारीले रुदै भनिन।

जसरी भएपनि मेरो छोरा सम्पर्कमा आयोस । छोराले बाबुको मृत्युुको खबर पढेर फोन गरोस भन्दै उनले आफ्नो नम्बर समेत छोडेकि छिन ।
9748327477