सेल्फी गायिका लक्ष्मी मल्लको बुलाकी चार तोलाको ,सुन अझै थप्न सक्ने बम मल्लको घोसना ,,
साउन २८ – काठमान्डौ – गायिका लक्ष्मी मल्ललाई वनारस बाट बुलाकी आयको रहस्य खुलेको छ ।त्यो कसले र कसरि पठायो भन्ने कुरा संगीतकार श्री कृष्ण बम मल्लले दर्शक सामु पर्दाफास गरेका छन्। लक्ष्मीले हरितालिका तीजमा माईत जानको लागि र संगिनी संग कम्मर मर्काएर नाचनलाई बुलाकी मगायको जानकारी गरे पनि बमले अलि फरक तरिकाले जवाफ दिएका छन् ।बुलाकी चाहियको भय आफुले अझै थपेर बनाउन सक्थे तर लुकी छिपी ल्याएको आफुलाई मन नपर्ने तर्क गरेका छन्। भने पछि ३३ केजी सुनको भाग बुडालाई केहि परे जस्तो छ।
यसलाई अन्यथा नलिनु होला, यो गीतको कुरा मात्र हो ,धन्यवाद सम्पूर्ण सेल्फी ४ टिमलाई रंग दर्पण डट कमको तर्फ बाट। गायिका लक्ष्मी मल्ल सबैले सुनेको नाम हो ।उनका थुप्रै गीत चर्चाको विषय बनेका छन्। केहि वर्ष तीजको कोसेली सेल्फीले उनलाई धेरै हौसला दियपछी त्यो गीत ब्राण्ड बनेको छ ।सेल्फीकै भाग ४ बुलाकी यो वर्ष तीजको लागि उत्क्रिस्ट बनेको छ।चर्चित संगीतकार गायक श्री कृष्ण बम मल्लले शब्द संगीत गरेको सेल्फी चारमा लक्ष्मी मल्ल , बम मल्ल , बसन्त थापा ,ललिता पौडेलको आवाज छ। विगतमा सेल्फी सेल्फी जस्तै यो वर्ष पनि बुलाकी ,बुलाकी ले दर्शकको मन जित्ने पक्का बनेको छ। कजिश श्रेष्ठले निर्देशन गरेको सेल्फी ४ म्युजिक भिडियोलाई अजय रेग्मीले छायांकन गरेका हुन् ।
दिपक बिस्टको सम्पादन रहेको भिडियोमा दुर्गेश थापा र लोसिना एलसीको अभिनय देख्न सकिन्छ ।छुक- छुके रेलमा धेरै फुर्ति नलाऊ कान्छा तीजको बेलामा हुन पनि हो तीजको बेलामा लेडिज हरुलाई नचलाउनु भन्छन बुढा पाकाहरु तेस्तै जवाफ दियको छ यो गीतले। जसले जता जिस्काय पनि हरियो चुरा लायपनी परेली झिम्काउनुस चोली टिमिक्क लगाउनुस, आकाश चुम्नुस रंग दर्पणको तर्फ बाट यहि सुभकामना। गीतको भिडियोमा कुनै कमि छैन, झनै तेस्मा मल्लको संगीतले बसेको मान्छेलाई उठेर नाच्ने बनायको छ। गीतलाई विन्धावासिनी म्युजिक ले बजार वायवस्थापन गरेको छ। आउनुस एक झलक यो भिडियो हेरौ ।