एमालेको केन्द्रिय सदस्यमा हारेपछि सुर्खेतका ठमर बिष्टले गरे पार्टी त्याग
पुस ३

काठमान्डौ – नेकपा एमालेको केन्द्रिय सदस्य हारेपछि सुर्खेतका ठमर बिष्टले एमाले परित्याग गरेका छन।
२०७४ सालमा सुर्खेत क्षेत्र न १(क) प्रदेश सभा तर्फ बिजय नेकपा माओवादी कर्णाली प्रदेश सभाका प्रमुख सचेतक समेत रहेका बिष्ट मन्त्री हुने दाउमा थिए ।
अध्यक्ष प्रचण्डले मन्त्री नदिएको भन्दै उनले काठमान्डौ आएर प्रचण्डसंग भेट घाट समेत गरेका थिए ।
प्रचण्डले मन्त्री नबनाएपछी पार्टी परित्याग गरेर उनी एमालेको पछि लागेका थिए । एमालेको ११ औ महाधिबेशनमा केन्द्रिय सदस्य समेत नपत्याएपछि उनले पार्टी परित्याग गरेका हुन। अब उनि कता लाग्दैछन भन्ने भने हेर्न बाकि छ।
राजिनामा संबन्धमा :-
नेपालको इतिहांसमा पहीलो चोटी भ्रष्टाचार र अनियमिताका बिरुद्ध भएको जेन्जी आन्दोलन पश्चात तत्कालीन प्रधानमन्त्री केपी ओलीको सरकार हत्या र भ्रष्टाचारको प्रश्नमा घेरीदै आएको आम जनसमुदायलाई सर्बबिदीदै छ । यही सन्दर्भमा पछील्नो चरणमा यस्तै अन्यौलपुर्ण प्रश्नका बिचमा पार्टीको एघारौं महाधीबेशन संपन्न भएको कुरा पनि यहांहरुलाई अवगत नैं भैसकेको छ । खास यहा नोटेवल कुरा के छ भने यस्ता आदर्श, मुल्य मान्यता र जनताका मुद्धाहरुमा सिंगो पार्टी दिन प्रतिदिन स्खलीत हुदै गएपछी मैले पार्टी भित्र बिभीन्न फोरमहरुमा निरन्तर आवाज उठाउदै आएकोमा खासगरी यही मंसीर २४ गते समसामयीक बिषय र महाधीबेशनका बिषयमा वन टु वन अध्यक्ष केपी शर्मा ओली संग कुरा हुदा एउटा दास र मालीकको ब्यबहार जस्तो रुप प्रस्तुत गर्दैइ सीसी बैठकमा किन त्यस्तो बोलेको ? मलाई सबै थाहा छ भन्ने बाट उहांले कुरा सुरु गर्दा म मेरो सम्मानित अध्यक्षको अगाडी छु वा कुनैं मालीकको अगाडी क्षमा दानको लागी बिन्ती बिसाउन उपस्थित भएको छु ? निक्कै ठुलो बिरोधाभाषपुर्ण अनुभुति भयो । एद्यपी मेरो एकल प्रयास भनेको अध्यक्षलाई र समग्र संस्थाको कदलाई अझ माथि उठाउन प्रयोग भएको स्वच्छ आलोचना नैं थियो । साथै म आफु पनि कमरेड केपी ओली र यो संस्थासंग अबिचलीत रुपमा डे वान देखी समाहीत हुदै आएको ब्यक्ती हुं भनेर हजार तरीकाले प्रमाणीत गर्न सकिन्छ । हो केही कार्यशैलीगत प्रश्नमा मैले उहांको स्वच्छ र सम्मानित रुपमा आलोचना नगरेको होइन तर त्यो केवल रचनात्मक, सकारात्मक पद्धतिगत कोण बाहेक त्यसमा केही गन्ध थिएन । तर लगतै भएको ११ औं महाधीबेशनका नाउमा उम्मेदवारहरुको मनोनयन सम्म आउदा स्वयं अध्यक्षकै निर्देशनमा केहीलाई बंशज र केहीलाई अंगीकृतको रुपमा बर्गीकृत गर्दैइ गुण्डु हेड क्वाटरवाट संस्थागत लिष्ट बितरण गर्दैइ साम दाम दण्ड भेद, शक्ति र साधन श्रोतको चरं दुरुपयोग गर्दैई म लगाएत एक थरी नेता, कार्यकर्ता र उम्मेदवारहरुलाई पराजीत र बहीर्गमन हुन बाध्य पार्ने गरी चत्रब्युह रचना गरेको जति गोप्य रुपमा उम्मेदवारहरुको लिष्ट बांडीए पनि यत्र तत्र सर्बत्र उदांगो भैसकेको छ ।
फेरी पनि एमाले पार्टीमा क्रियासील रहदा मलाई नजीकवाट सहयोग गर्नु हुने केपी शर्मा ओली, इश्वर पोखरेल लगाएत सम्पुर्ण नेता गणहरुलाई धन्यवाद अर्पण गर्दछु । साथै निर्बाचनको प्रक्रियवाट बिजय हुने केन्द्रिय अध्यक्ष लगाएत सम्पुर्ण टिम र प्रदेशमा कमरेड यामलाल कडेललाई बधाइ तथा कर्याकाल सफलताको शुभकामना दिन चाहान्छु । मैले बिजय हुने आवश्यक भोट प्राप्त गर्न नसकेपनि प्रतिकुल परिस्थीती र नेतृत्वको दबाबका बिच मलाई सम्मानजनक मत दिएर सहयोग गर्ने कमरेडहरु प्रति म धेरै ऋणि र आभारी छु । यस अभियानमा म वाट जान अन्जानमा कुनै असहजता भएको भएमा एउटा कमरेडली दृष्टिकोणवाट माफ गर्नुनैं हुनेछ । तर मैले यसो भनी रहदा पार्टी भित्र राजनैतिक चेत भएका बाहेक दास प्रबृतिले मेरो कदम संग असहमत हुदा आम रुपमा प्रयोग हुदै आएका केही माक्र्सवादी जार्गनरुपी शब्दहरुको रुपमा मलाई अवसरवादीको बिल्ला भिराउने धीरष्टता नगर्लान भन्न सकिदैन । मेरा राजनैतिक कदमहरुमा स्टेप कति मिलाउन सके सकिन मलाई थाहा छैन तर उहांहरुलाई म अहीलेनैं सोझै चुनौति दिन चाहान्छु बिगतमा समेत निष्ठा र आदर्शरुपी मेरो राजनैतिक यात्रामा मैले प्राप्त गरीरहेका सम्पुर्ण लाभका पदहरु लाई तिलान्जली दिएर यस नेकपा (एमाले) पार्टीमा समाहीत भएको अभीलेख स्मरण गर्न अनुरोध गर्दछु । मैले नत हिजो कुनै भ्रष्टाचार वा कुनै चारित्रीक – सांस्कृतिक बिकृतिवाट बच्न यो संस्था रोजेको थिए नत अहीले स्वतन्त्र रुपमा राजनैतिक स्वघोषणा गर्ने ठाउ सम्म आइ पुग्दा सम्म बिद्यमान कुनै मुद्धावाट बच्न यो कदम उठाउदै छु बरु उल्टै केही बर्ष यस पार्टीमा निरन्तर काम गर्दा मेरो रगत, आंसु, पसीना, श्रम र शक्तिको थुप्रै लगानी भएकोमा यहांहरुले सहर्ष प्रकट गर्न नखोजे पनि कम्तीमा धन्यवादको लागी म योग्य छु जस्तो लाग्छ । अर्कोतिर माथिल्लो तहका एक दुइ जना नेताहरुलाई लोक लाजका लागी सो पीसको रुपमा स्थान दिए पनि पार्टीमा बिभीन्न समयमा समायोजन भएका साथिहरुलाई आत्मसमर्पणको रुपमा सधैं फरक दर्जाका नागरीकको रुपमा ब्यबहार गर्ने र समायोजन भएर कैयन बर्ष सम्म भुमीका निर्बाहा गरी सक्दा पनि नस्वीकार्ने, काममा असहयोग गर्ने, पुरानैं नजरले हेर्ने प्रबृति समेत यो अवस्था सृजना गर्नुमा महत्वपुर्ण कारण बन्न पुगेको छ ।
यसैले एकातिर जेन्जी आन्दोलनको परीबेशमा पार्टीको मुख्य नेतृत्व कमरेड केपी ओली देशमा भएको ध्वंशात्मक मानबिय र भौतिक क्षतिको जवाफ दिनु पर्नेमा उल्टै अधीनायकवादी शैलीमा आन्दोलनकारी, शहीद, घाइते र आम जनतालाई आलो घाउमा नुन चुक छर्ने काम गरीरहनु भएको छ भने अर्कोतिर नत पार्टीलाई एकताबद्ध बनाएर लैजाने कुनैं लय उहांमा देखीन्छ । यस परीबेशमा ब्यक्तिवादी अराजकतातिर गैरहेको नेतृत्व र संगठनलाई सकारात्मक ढंगले रुपान्तरण र पुर्नगठन गर्न सकिन्छ कि भन्ने अभियान पार्टी भित्रै भिन्न प्रक्रियावाट अन्य नेतृत्वगणले अगाडी बढाउनु सकारात्मक अभियान हुदाहुदै पनि
जब पर¥यो राति तब बुढो ताति भने जस्तै बिना तयारी उस्तै निती, बिचार र कार्यक्रमलाई अघी बढाउदै
मुख्य नेतृत्व संग जुझ्न खोज्नु घुमीफीरी रुम्जाटार भने जस्तै केपी ओलीको बेलगाम अभियानलाई प्रकारान्तरले संस्थागत गर्ने कामकै पक्षपोषण भएको छ र यही गणीतिय प्रक्रियावाट भबिस्यमा समेत उहांहरुले भने जस्तो रुपान्तरणको कुनै गुणजाएस देखीदैन ।
यसैले एकातिर बहुदलीय जनवाद र लोकतन्त्रको नाम जप्दै जननेता मदन भण्डारीको बिचारलाईनैं कैद गर्ने, देश र अन्तराष्ट्रले समेत सर्बस्वीकार्य नेतृत्व पुर्ब राष्ट्रपति बिद्यादेबी भण्डारीलाई केवल मदन भण्डारीको श्रीमति वा सामान्य नागरीकको रुपमा मान मर्दण गर्ने, निरंकुश शैलीमा सदस्यता समेत बन्चीत गर्ने, बहुदलीय जनवाद, शहीद र अग्रजहरु प्रतिनैं महाअपमान हो भन्ने कुरा लोकले बुझीसक्दा पनि पार्टीका मुख्य नेतृत्वले अझै यसमा बल गर्दैइ जानु बुझी नसक्नुको लोकतन्त्रको उपहास समेत यहां भैरहेको कुरा मेरै मुखवाट भन्नै परेन । एद्यपी मैले राजनितीको फरक जंचर तय गरीसकेकोले यस बिषयमा नेतृत्व प्रति धेरै तितो टिकाटिप्पणी गरेर उहांहरुको भावनामा चोट नपुगोस भन्ने कुरामा पनि म त्यत्तिकै सचेत छु । यसरी पार्टी नेतृत्व भावना, बिचार र मुल्य मान्यतावाट पुरै स्खलीत भएको अवस्थामा यस संस्थामा रहेर बांकी आफनो समय बर्बाद हुने, जनता प्रति उत्तरदायी बन्न नसकिने र पुर्ण रुपेण आदर्श मुल्य मान्यतावाट च्युत हुदै जादा संस्थागत मात्र नभई ब्यक्तीगत रुपमा समेत जन कठघरामा ढीलो छिटो जवाफदेही हुनु पर्ने बाध्यात्मक अवस्था सृजना हुने हुदा संगठन र नेतृत्वको गलत शैलीको मलामी बन्न नसक्ने निस्कर्ष सहीत नेकपा ( एमाले) मा केन्द्रीय समितीमा एक कार्यकाल भुमीका निर्बाहा गदैइ आएको केन्द्रिय तहका भुमीका लगाएत, सम्पुर्ण जिम्मेवारी सहीत पार्टी सदस्यवाट समेत राजीनामा दिएको घोषणा गर्दछु ।

