भद्रपुर विमानस्थलमा बुद्ध एयरको जहाज दुर्घटना
पुस १९

पुष १९ – हिजो शुक्रबार बुद्ध एयरको जहाज ठूलो दुर्घटना हुनबाट जोगिएको छ।
विमान झापाको भद्रपुर विमानस्थलमा अवतरणका क्रममा रनवेबाट चिप्लिएर घासेमैदानमा पुगेको छ।
काठमाडौँबाट भद्रपुर उडान भरेको ९ एन–एमएफ कलसाइन भएको एटीआर ७२ को विमान अवतरणका क्रममा रन–वेबाट चिप्लिएको हो ।
विमानमा ५१ जना सवार रहेको थिए । चालक दलका चार जनासहित सबै आकुशल रहेको बुद्द एयरले जनाएको छ।

