धादिङमा चित्र बहादुरले फलाए ७ फिट लामो १७ केजिको तरुल
पुष २२

धादिङ – धादिङमा एक जना किसानले आफ्बो बारीमा ७ फिट आग्लो तरुल फलाएका छन।
गजुरी गाउँपालिका वडा नं. ६, आदमघाटका किसान चित्र बहादुर मिजारले आफ्नो बारीमा ठूलो आकारको रातो तरुल फलाएका हुन।
मिजारले फलाएको उक्त तरुल करिब ७ फिट अग्लो र १७ किलो तौलको रहेको छ।

माघे संक्रान्तिको समयमा तरुल खानुलाई नेपाली संस्कृतिमा अनिवार्य जस्तै मानिन्छ।
पूर्ण रूपमा प्राकृतिक र स्वास्थ्यवर्धक मानिने यस्ता अर्गानिक तरुलको उत्पादनले स्थानीयस्तरमा किसानहरूलाई थप उत्साह समेत जगाएको छ।

