Gold
Bangad salyan

शिव त्रिशूलको गौरवसहित लड्केश्वर धाम राष्ट्रिय धार्मिक पर्यटन सूचिमापनौत

पुष २६

Salyan

काभ्रे –विश्वकै एकमात्र कालाग्नि रुद्रपीठ लड्केश्वर धामका पीठाधीश श्री मुकुन्द शर्मा हुमागाईको संकल्प अनुरूप अब “राष्ट्र र राष्ट्रियता प्रति श्रद्धा एवं संकल्प यात्रा” अन्तर्गत हरेक जिल्लामा यात्रा गरिँदैछ ।

यस क्रममा शास्त्रीय मर्यादामा रहेर पीठको गरिमास्वरूप ६.५ केजी शुद्ध चाँदीले निर्मित निशानी लैजाने र लड्केश्वर दर्शन गर्न नपाएकालाई पनि दर्शन गरेको सरह हुने व्यवस्था गरिएको छ ।

यात्राको सुरक्षा र समन्वयका लागि गृह मन्त्रालयबाट ७७ जिल्लाकै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार भइसकेको र यात्राका लागि रथ समेत तयार भइसकेको जानकारी पीठाधीशले दिनुभयो ।

आजको विशेष समारोहमा यही गौरवशाली निशानीको अनावरण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय बद्री पाण्डे र सन्त समाजका तर्फबाट श्री १००८ स्वामी रमणानन्द जी महाराजको संयुक्त करकमलबाट सम्पन्न भयो ।

कार्यक्रममा विद्वान प्रा.डा. भवानी खतिवडा, भारत नागेश्वर ज्योतिर्लिंगका अर्चक दर्शन नागनाथ, राष्ट्रिय पञ्चाङ्ग समितिका सदस्य ज्यो. लक्ष्मण पन्थी, राजनीतिज्ञ तथा समाजसेवी मधु आचार्य, पनौती नगरपालिकाका मेयर रामसरण भण्डारी, वेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारी, वडा नं. ११ का अध्यक्ष बिपिन लामा, प्रवक्ता मधुसुधनजी, पीठाचार्य अरुण कुमार पाण्डे, ज्योतिष परिषद्का वरिष्ठ उपाध्यक्ष लेखनाथ न्यौपाने, कोटिहोमका गुरुहरू, दानदाता र भक्तजनहरूको उल्लेखनीय उपस्थितिमा समारोह गरिमामय रूपमा सम्पन्न भयो ।श्री १००८ स्वामी रमणानन्द महाराजले आफ्नो आशिर्वचनमा कालाग्नि रुद्रपीठ लड्केश्वर धाम भगवान पशुपतिनाथको पाशुपतास्त्रजस्तो अनुपम स्थानमा निर्मित भएकोले अब देशका सबै प्रकारका संकट टर्ने संकेत भएको बताउनुभयो ।

उहाँले विगतमा राजा, नेता र जनताले जे गल्ती गरे पनि अब राष्ट्रदेवसँग क्षमा माग्दै देशलाई समृद्ध बनाउन सबै एकजुट हुनुपर्ने आह्वान गर्नुभयो ।मन्त्री बद्री पाण्डेले आफ्नो सम्बोधनमा अबका दिनमा सबैलाई समेट्दै राष्ट्र समृद्ध बनाउन लाग्ने प्रतिबद्धता व्यक्त गर्दै लड्केश्वर धामलाई राष्ट्रिय धार्मिक पर्यटकीय गन्तव्यको रूपमा सूचीकृत गर्ने घोषणा गर्नुभयो ।

उहाँले पशुपतिनाथ दर्शन गर्न आउने भक्तजनहरूले शिवको पाशुपतास्त्र (त्रिशूल) पनि दर्शन गर्न सक्ने सहज वातावरण बनाइने जानकारी दिनुभयो ।

साथै, विश्वकै एकमात्र कालाग्नि रुद्रपीठ लड्केश्वर धामको गौरवशाली शिव त्रिशूल निर्माणमा पीठाधीश मुकुन्द शर्मा हुमागाईले पुर्याएको योगदानप्रति संस्कृति पर्यटन प्रवर्द्धनका तर्फबाट धन्यवाद पनि ज्ञापन गर्नुभयो ।

कार्यक्रमका सबै सहयोगी, दानदाता र सहभागी भक्तजनहरूलाई आयोजक समितिले हार्दिक आभार व्यक्त गरेको छ ।