Gold

सलमानको फ्लिम ,,लवरात्रीलाई,, लिएर अदालतमा पर्यो रिट ,,

Naumule Migrate

भदौ २२,-सलमान खानले निर्माण गरिरहेको फ्लिम लावारात्रीलाई कानुनी रुपमा मुद्दा परेको छ। बलिउड नायक सलमान खानले आफ्ना ज्वाईंलाई नायक बनाएर निर्माण गरिरहेको फ्लिम लवरात्री फिल्मको ‘टाइटल’ मा आपत्ति जनाउँदै एक हिन्दूवादी वकिलले बिहारको अदालतमा मुद्दा दायर गरेका छन् । हिन्दूहरुले मनाउने नवरात्री पर्वलाई बिगारेर ‘लवरात्री’ बनाइएको भन्दै मुद्दा दिइएको हो । फिल्मलाई आउँदो नवरात्रीकै सेरोफेरोमा रिलिज गर्ने तयारीले पनि निर्माताको खराब नियत प्रष्ट हुने निवेदकले बताएका छन् ।

सलमान खान मुस्लिम भएको र उनले जानी-जानी हिन्दूहरुको भावनालाई आहत गर्ने काम गरिरहेका उनि प्रति रिटमा आरोप छ । फिल्म कानूनी झमेलामा फसेपछि सलमान आत्तिएका छन् । उनले फिल्मको टाइटल सुन्दर रहेको भन्दै यसले हिन्दूहरुको भावनामा चोट नपुग्ने बताए । सलमान भन्छन दर्शकले फ्लिम हेरे पछि आफै महसुस गर्छन ।यो नामले कुनै संकृतिको अपमान गर्दैन।

यो मुद्दामा अदालतले आउँदो १२ सेप्टेम्बरमा फैसला सुनाउने छ । अदालतले रोकेन भने फिल्म ५ जनवरीमा रिलिज हुने छ । यसअघि फिल्मको ट्रेलर रिलिज लगत्तै पनि विवाद उत्पन्न भएको थियो । आगरामा रहेको हिन्दूवादी संगठन ‘हिन्दू हि आगे’ ले फिल्मको विरोध गर्दै पोष्टर जलाएको थियो । यस संगठनको आगरा यूनिटका प्रमुख गोविन्द परासरले सलमान खानलाई पिट्ने र फिल्मको सेटमा आगजनी गर्नेलाई २ लाख भारु दिने घोषणासमेत गरेका थिए ।

 

 

Naumule Badhipahiro