प्रचण्ड मोदी बीच भेटवार्ता सगरमाथाको पानि मिनिरल वाटर बनाउने छलफल ,,

भदौ , २३ भारत – नेकपा अध्यक्ष पुस्कमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच आज भेटवार्ता भयको छ। नेकपा अध्यक्षको हैसियतले भारतको निमन्त्रणामा दाहाल भारत गयका हुन् ।भेटमा पछिल्लो समयमा भएका दुई प्रधानमन्त्रीका भ्रमणका क्रममा भएका सहमति, दुई देशको आपसी हित र विकास निर्माणबारे छलफल भएको थियो । प्रचण्डले आफू प्रधानमन्त्रीका रुपमा भ्रमणमा आउँदा भएका सहमतिहरु पनि स्मरण गराएका छन् ।

‘कास्कीमा पोलिटेक्निकल इस्टिच्युट स्थापना गर्न भारत सरकारले सहयोग गर्ने भन्ने बिषयमा पनि कुराकानी भएको छ’। प्रेस नोटमा भनिएको छ ।नेपाल र भारतमा भएका शक्तिपीठहरुको एक वृहत्तर सर्किट बनाउने र सगरमाथाको पानीलाई मिनरल वाटरको रुपमा विश्वभरी लैजान सहकार्य गर्नेबारे पनि कुराकानी भएको प्रचण्डको निजी सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले शनिबार नै भारतीय विदेश मन्त्री सुषमा स्वराज र भारतीय कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री मनमोहन सिंहसँग भेट गरेका छन् । दाहालको चार दिने भ्रमण पछि स्वदेश फर्के लगतै चिन भ्रमण हुने छ ।
