suekhet
bheriad

कम्बोडियामा प्रियंका र आयुष्मान यस्तो अबस्तामा कसैले फोटो खिच्दीय पछि प्रियंका तनाबमा ,,

lekabesi

रंग दर्पण २६ माघ – नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराजको प्रेम खबर अब नयाँ रहेन । यो जोडी अहिले प्रेम यात्रामा दौडिरहेको छ । प्रियंका र आयुष्मानले आफ्नो प्रेमलाई लुकाएका पनि छैनन् । जुन दिनदेखि यी दुइको प्रेमको चर्चा सुरु भयो, यसपछि यो जोडी खुला किताब जस्तै बनेका छन् ।

नायिका कार्की धेरै काम गर्छिन् । चलचित्र, म्यूजिक भिडियो, विज्ञापनदेखि स्टेज शोसम्म उनको व्यस्तता खुबै छ । यसैले, उनी बिदा मनाउन सजिलै पाउँदिनन् ।
तर, यसपटक भने उनी र उनका प्रेमी आयुष्मान देशराजले समय निकालेर होलिडे मनाउन विदेश पुगेका छन् ।

प्रियंका र आयुष्मान ३ दिन अघि बिदा बनाउन कम्बोडिया पुगेका हुन् । पि्रयंकाले अनलाइनखबरसँग भनिन्-‘हामी होलिडे मनाउन आएका हौं । प्रेम दिवस अगाडि नै फर्किन्छौ ।’ १२ तारिखमा नेपाल र्फकने यो जोडीको योजना छ ।

कम्बोडिया नै किन रोज्नुभयो त भन्ने प्रश्नमा कार्कीले भनिन्-‘यहाँ कार्यक्रमदेखि चलचित्रको छायांकनका लागि आउने अवसर मिल्दैन । यसैले, बिदा मनाउन आएका हौं ।’

आयुष्मानसँगको यो पल विशेष रहेको बताउँदै उनले आफूहरुले धेरै ठाउँ घुमेको बताइन् । बलिउडमा धेरै प्रेम जोडी होलिडे मनाउन निस्किएको खबर सार्वजनिक हुन्छ । तर, नेपालमा भने कलाकार बिदा मनाउन यसरि निस्किएको खबर निकै कम मात्र सुन्न पाइन्छ ।