suekhet
bheriad

तेजाब आक्रमणबाट घाईते सम्झना दासको मृतु ,,

lekabesi

असोज,८ काठमाडौं – तेजाब आक्रमणबाट गम्भीर घाइते रौतहटकी सम्झना दासको उपचारको क्रममा मृत्यु भएको छ । उनको आइतबार राति कीर्तिपुरस्थित अस्पतालमा मृत्यु भएको हो ।

चन्द्रपुर नगरपालिका ६ की १८ वर्षीया सम्झना दास र उनकी १५ वर्षीया बहिनी सुस्मितामाथि गत भदौ २७ गते राति सुतिरहेको बेला एसिड प्रहार भएको थियो । प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै करिब ५० वर्षीय स्थानीय रामबाबु पासवानले तेजाब आक्रमण गरेको खुलेको छ ।

उनकी बहिनी सुस्मिताको अवस्था भने खतरा मुक्त छ । सुस्मिताको कीर्तिपुर अस्पतालमै उपचार भइरहेको छ । तेजाबले सम्झनाको अनुहारसहित शरिरको अधिकांश भाग जलेको थियो ।उपचारको क्रममा नै डकटरले सम्झनाको अवस्था गम्भीर छ। बचाउन मुस्किल छ भनेर जवाफ दिएका थिए ।