गुर्भाकोट महोत्सवको औपचारिक समुद्घाटन ,

कार्तिक , ८ सुर्खेत – गुर्भाकोट उपत्यका प्रथम महोत्सव औपचारिक रुपमा हिजो देखि सुरु भयको छ ।कला संस्कृति तथा साहित्य विकास , उधोग कृषि तथा पर्यटन विकास भन्ने मूल नाराका साथ् सुर्खेत मेहेलकुना गुर्भाकोटमा सहिले सम्मकै ठुलो र पहिलो महोत्सव सुरु भयको हो। महोत्सवलाई विधिगत रुपमा सुरु गर्दै नगरप्रमुख हस्त बहादुर पुन र नगरउपप्रमुख मैना बिकले आ आफ्नो मतव्य राखेका थिए ।महोत्सवमा विशिस्ट ब्याक्तिहरुलाई सम्मान गर्दै महोत्सवका जिम्मेवारी ब्याक्तित्व तथा कोरियोग्राफर निर्देशक नरेश सोनीले अबिर आवरण गरेका हुन्।
७ गते देखि १७ गते सम्म संचालन हुने यो महत्वपुर्ण महोत्सवले नगरपालिकामा विकाश र निकास ल्याउने संचालक समितिहरुको ठहर छ ।कार्यक्रमको पहिलो दिनमा विभिन्न स्थानिय झाँकीहरु संगै तरवार नाच , गरुवा नाच , पन्चेबाजा जस्ता नाच हरु प्रदर्शन भएका थिय। आज बाट १७ गते सम्म २ दर्जन भन्दा बढी रास्ट्रीय कलाकार तथा स्थानिय कलाकारको प्रस्तुति रहने छ ।कार्यक्रम आयोजक श्रीजन्शील युवा क्लब गुर्भाकोट सुर्खेत र सह आयोजक जिल्ला समन्वय समिति सुर्खेत गुर्भाकोट नगरपालिकाले आयोजना गरेको हो। कार्यक्रममा औधोकिक व्यापार ,पर्यटन तथा कृषि प्रदर्शनीका साथै स्थानिय खेलहरु मुख्य आकर्षक छन्।
कार्यक्रमका केहि तस्विरहरु,


