भ्रष्टाचारको मुद्दामा डा. भक्तमान श्रेष्ठलाई एक वर्ष कैद १ करोड १९ लाख जरिवाना ,,
कार्तिक १३ , काठमाडौं – चितवनको भरतपुरस्थित बीपी कोइराला क्यान्सर अस्पतालका तत्कालीन अध्यक्ष डा. भक्तमान श्रेष्ठलाई विशेष अदालतले भ्रष्टाचारको मुद्धामा दोषी ठहर गरेको छ ।विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशद्वय रत्नबहादुर बागचन्द, प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले मंगलबार श्रेष्ठलाई १ वर्ष कैद र १ करोड १८ लाख ६६ हजार ७७६ रुपैयाँ जरिवानाको फैसला सुनाएको छ ।
डा. श्रेष्ठले क्यान्सर अस्पतालमा रहँदा १ करोड ६७ लाख ५७ हजार ११३ रुपैयाँ अवैध सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ फागुन २०७२ मा विशेष अदालतमा भ्रष्टाचारको मुद्दा हालेको थियो ।विशेषले ४८ लाख ९० हजार ३३७ रुपैयाँ बैध सम्पत्ति भएको विशेषको ठहर छ ।
बाँकी र १ करोड १८ लाख ६६ हजार ७७६ रुपैयाँ अवैध सम्पत्ति आर्जन गरेको ठहर गर्दै यो बराबर श्रेष्ठको सम्पत्ति जफत हुने फैसला सुनाएको छ ।विशेषज्ञ चिकित्सकका रूपमा २०५४ सालमा सेवा प्रवेश गरेका थिय उनि २०६४ भदौदेखि २०६७ सालसम्म क्यान्सर अस्पतालको कार्यकारी निर्देशक भएका थिए । अदालतले श्रेष्ठकि श्रीमतीलाई भने सफाई दियको छ ।