कांग्रेसको चियापान समारोहमा पुगे प्रचण्ड ,,

कार्तिक १६ , काठमाडौं- नेपाली कांग्रेसलेको चियापान कार्यक्रममा नेकपा अध्यक्ष प्रचण्ड सहाभागी भयका छन् । विजया दशमी, दिपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित चियापान कार्यक्रममा सहभागी अतिथिलाई पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, नेताहरु विजयकुमार गच्छदारलगायतले स्वागत गरेका थिए ।

हरेक वर्ष विजया दशमीको अन्तिम दिन कोजाग्रत पूर्णिमाका दिन आयोजना गरिदै आएको चियापान कार्यक्रम यस वर्ष पार्टीका नेता एवं पूर्वमन्त्री चक्रप्रसाद बाँस्तोलाको निधनको १३ औँ दिन नपुगेका कारण आज गरिएको कांग्रेस नेतृत्वले जनाएको छ । आजै केन्द्रीय कार्यालयसहित ७७ वटै जिल्लामा चियापान कार्यक्रम आयोजना गरिएको छ ।
