Gold
Bangad salyan

बिहे पछि किने जोडीले ५० करोडको बंगला बिहेको दिन लगायको लहंगाको मूल्य ९ लाख भारु ,२ करोड ७० लाख भारुको औंठी ,,

Salyan

हालै मात्र इटलीमा नव पति पत्नी बनेका बलिउड नायक रणवीर सिंह र नायिका दिपिका पादुकोणले आफ्नो लागि ५० करोडको बंगला किनेका छन् ।बंगलाको लागि दुवैले डिजाईन गर्न दियका छन् ।७० करोडको बंगला किन्ने भनेर रकम छुट्यापनि ५० करोडको बंगला डिजाईन गर्न उनिहरिले दियका छन् ।उनीहरुको १४ र १५ नोभेम्बरमा इटलीको लेक कोमोस्थित भिला डेल बालबियानेलोमा वैवाहिक समारोह भएको थियो ।

दीपिकाले लगाएको लहंगाको मूल्य ९ लाख भारु रहेको थियो । यस्तै उनको सेलिटेयर स्क्वायर सेपको औंठीको मूल्य थियो २ करोड ७० लाख भारु थियो । ७५ कोठा भएको होटलमा ७ रेस्टुरेन्ट र बार थिए । यसमा एउटा कोठाको मूल्य करिब ४०० यूरो अर्थात् करिब ५० हजार रुपैयाँ रहेको बुझिएको छ । यस हिसाबले कोठामा मात्रै दैनिक ४० लाखभन्दा बढि खर्च भएको छ । अन्य सम्पूर्ण प्रक्रियाको हिसाबकिताब आउन बाँकी छ । यस्तै भारतमा आयोजना गरिने दुईवटा पार्टीको समेत खर्च जोड्दा कहाँ पुग्छ कहाँ यो ।

इटलीमा भव्य विवाह गरेपछि दीपवीरले २१ नोभेम्बरका दिन बैंगलोरमा परिवार र नातेदारका लागि एक रिसेप्सन राखेका छन् । त्यसपछि २८ नोभेम्बरमा मुम्बईमा पत्रकारहरुका लागि रिसेप्शन आयोजित गरिने भएको छ । १ डिसेम्बरमा दीपवीर बलिउडका साथीहरुका लागि पार्टी दिने तयारीमा छन् ।