भारतीय तबलावादक जाकिर हुसैन १२ गते नेपाल आउँदै ,,
मङ्सिर ५ ,काठमाडौं – भारतका प्रख्यात तबलावादक जाकिर हुसैन सांगीतिक प्रस्तुतिको लागि काठमाडौं आउने भएका छन् । भारतीय दूतावासले बुधबार एक पत्रकार सम्मेलन गरी मंसिर १२ गते काठमाण्डौ आउने जानकारी दिकोए छ ।यहि १२ गते कन्सर्टको लागि हुसैन काठमाडौं आउन लागेका हुन् ।
नेपाल–भारतमैत्री सम्बन्ध स्थापनाको ७० वर्ष पूरा भएको खुशियालीमा भारतीय दूतावासले आयोजना गर्ने कन्सर्टमा हुसैनले प्रस्तुति दिनेछन् हुसैनले भारतीय दुतावासको इन्डिया हाउसमा आफ्नो सांगीतिक प्रस्तुति दिनेछन् । उनीसँगै मृदंगवादक अनन्त कृष्णन, सारंगीवादक सबिर खान र ढोकलवादक नवीन शर्मा पनि आउने छन् ।
भारतीय राजदूत मञ्जिवसिंह पुरीले नेपाली र भारतीय जनताबीचको साँस्कृतिक सम्बन्धलाई मजबुत बनाउनको लागि कन्सर्ट आयोजना गर्न लागिएको बताए ।