दोहा बैंकले नेपालमा खुल्यो कार्यालय ,कतार बाट सिधै आफ्नो खातामा पैसा जम्मा गर्न सकिने ,,
मङ्सिर १२ , काठमान्डौ – अब नेपालि कामदारले कतार बाट नेपालमा सिधै आफ्नो खातामा पैसा जम्मा गर्न सक्ने छन्। यो सेवाले निपालीलाइ रेमिट्यान्स कम्पनीहरुमा जस्तो खर्चिलो हुँदैन। कतारको सबैभन्दा ठूलो वाणिज्य बैंक दोहा बैंकले नेपालमा सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ। थापाथलीमा कार्यालय खोलेर काम सुरू भए पनि डिसेम्बरको अन्तिममा मात्रै औपचारिक घोषणा गरिने भएको हो।
नेपालस्थित बैंकका प्रमुख प्रतिनिधि सुरज विक्रम शाहीले यहाँका बैंकहरुलाई दोहा बैंकका अन्य शाखासँग जोडिन यस कार्यालयले सहजकर्ताको काम गर्ने जानकारी दिए।‘बैंकको स्वीफ्ट कोडमार्फत दोहा बैंकका अन्य शाखासँग जोडिन हामीले सहजकर्ताको रूपमा काम गर्छौँ’ उनले भने। हाल नेपालका एक दर्जन बढी वाणिज्य बैंकहरुसँग आरएमए (रिलेसनसिप म्यानेजमेन्ट एप्लिकेसन) को काम भइसकेको उनले जानकारी दिए।
अन्य वाणिज्य बैंकहरुसँग पनि आरएमए गर्दै जाने शाहीले बताए। आरएमए भइसकेपछि मात्रै एलसी (लेटर अफ क्रेडिट) को काम अघि बढाउन सकिने उनले बताए। ‘यस कार्यालयले एलसी एड्भाइजरको रुपमा रहेर काम गर्छ,’ शाहीले सेतोपाटीसँग भने, ‘बैंकहरुलाई एलसीका लागि छनोट अवसर पनि बढेको छ।’सम्पर्क कार्यालय सञ्चालनमा आइसकेकाले अब यहाँका बैंकहरुलाई दोहा बैंकका शाखा कार्यालय रहेका देशहरुमा समेत विश्वास बढ्ने कार्यालयको भनाइ छ।
नेपालमा रहेको सम्पर्क कार्यालयले प्रत्यक्ष रुपमा कुनै पनि आर्थिक कारोबार भने गर्ने छैन। उद्योगी, व्यवसायी वा अन्य सर्वसाधारण प्रत्येक्ष रुपमा यस कार्यालयमा जोडिन अर्थात कारोबार गर्न पाउँदैनन्।यद्यपी अप्रत्यक्ष रुपमा उद्योग प्रतिष्ठानहरुलाई फाइदा पुग्ने कार्यालयको दाबी छ। त्यस्तै बैंकले ‘फन्ड प्लेसमेन्ट’ को रुपमा आफ्नो कार्य गर्ने जनाएको छ। नेपालमा ‘फण्ड प्लेसमेन्ट’ को रुपमा रहेर कार्य गर्ने कम्पनीको संख्या अत्यन्त न्यून छ।
‘सीमित केही कम्पनीमार्फत मात्रै फण्ड प्लेसमेन्ट गर्नुपर्ने बाध्यता रहँदै आएकोमा यस सम्पर्क कार्यालयले दायरा बढाएको छ’, उनले भने।फण्ड प्लेसमेन्टअन्तर्गत बैंकहरुले निश्चित अवधिका लागि निश्चित रकम डलरको रूपमा दोहा बैंकका शाखाहरुमा जम्मा गर्न सक्नेछन्। फण्ड प्लेसमेन्टमा बैंकहरुलाई उच्च व्याजदर दिने कम्पनी छनोट गर्ने अवसर बढेको छ।
हाल दोहा बैंकका कतारबाहेक, दुबईको आवुधावी, कुवेत, भारतको मुम्बईमा शाखा कार्यालय सञ्चालनमा छन्।यस्तै नेपालसहित श्रीलंका, बंगलादेश, जापान, चीन, सिंगापुर, हङकङ, दक्षिण अफ्रिका, दक्षिण कोरिया, अष्ट्रेलिया, टर्की, बेलायत, क्यानडा र जर्मनीमा दोहा बैंकका सम्पर्क कार्यालय सञ्चालनमा छन्।