surkhet

आज विश्व एडस दिवस एचआईभी बारे खुलेर बोलौ र अरुलाई पनि बताऊ ,,

surkhet

मङ्सिर १५ , काठमान्डौ – नेपालमा प्रथमपटक १९८८ मा एचआईभीको संक्रमण देखिएको हो ।यौनजन्य क्रियाकलापले अत्यन्त संकुचित समाज अनि असुरक्षित यौनजन्य क्रियाकलाफरुका कारणले हुने संक्रमण भएका नेपालमा संक्रमण हरु लुकेर बस्छन ।निर्धक्क संग उपचारको लागि जादैनन् र खुलेर पुनी बोल्दैनन ।

,अहिले नेपालभर ३१ हजार २० जना व्यक्ति एचआईभी संक्रमित रहेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले जानकारी दिएको छ। यसमध्ये १९ हजार २० जना पुरुष र १२ हजार मात्र महिला रहेको केन्द्रका तथ्यांक अधिकृत वीरवहादुर रावलले जानकारी दिए। लागुपदार्थ दुव्र्यसनी, यौनकर्मी र पुरुष समलिंगी एचआईभी संक्रमणको उच्च जोखिममा छन्।

Gorkha

मुलुकमा ५९ जिल्लामा एआरटी केन्द्र छन्। विभिन्न स्थानमा रहेका ७४ वटा केन्द्रबाट एन्टिरेट्रोभाइरल उपचार (एआरटी) सुविधा छ। संक्रमितहरूमा उपचारको पहुँच बढाउन २३ वटा एआरटी वितरण केन्द्रसमेत सञ्चालनमा ल्याइएको छ। हालसम्म १६ हजार ४ सय २८ जना संक्रमितले एआईभीको उपचार लिइरहेको केन्द्रको भनाइ छ।

Dailekh

यसलाई डरलाग्दो बनाउनु हुँदैन। समयमै उपचार गर्ने हो भने औसत आयुसम्म बाँच्न सकिन्छ। अकालमा ज्यान जाँदैन’, उनले भने।एआईभीका बिरामीलाई अन्य रोगका बिरामीलाई जस्तो व्यवहार आवश्यक रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रमुख कन्सल्टेन्ट डा. अनुप बास्तोलाले बताए।एचआईभी भाइरस संक्रमणविरुद्ध निःशुल्क उपचारको व्यवस्था छ।

यो रोग लागिहाले पनि दीर्घजीवन बाँच्न सकिन्छ। तर पीडितलाई आफ्नो चिन्ताभन्दा पनि समाजले के भन्ला भन्ने विषयले बढी पोल्छ। ‘एचआईभी भाइरसभन्दा समाजले बढी पीडा दिन्छ’, संक्रमित भन्छन्। एक वर्षमा मात्र नेपालगंजको बाँके जिल्लामा १३६ जनाको एडसका मृतु भयको छ।

 

salyan