रग्बी फेस्टिभलमा स्वस्तिमाको कुटुमा कुटु ,,

काठमाण्डौको टुँडिखेलमा ‘नेपाल रग्बी फेस्टिभल तथा लाइभ म्यूजिक’ कार्यक्रम सम्पन्न भएको छ ।  कार्यक्रममा नायिका स्वस्तिमा खड्काले चर्चित गीत ‘कुटुमा कुटु, नृत्य गरेकी थिइन् ।रग्बी एसोसियसनले फेम नेपालसँग सहकार्य गर्दै यो कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा गायक सुगम पोखरेल, आशिष राना, स्वप्न सुमन, डिजे सुमन, डिजे कुइन लगायतले पनि आफ्नो प्रस्तुति राखेका थिए ।

कार्यक्रममा बेली डान्सर विनु शाक्यल बेली डान्स प्रस्तुत गरेकी थिय ।कार्यक्रम बिहान १० बजेदेखि बेलुकी ७ बजेसम्म चलेको थियो ।कार्यक्रमा बर्ल्ड रग्बीको ट्रफी पनि रिलिज गरिएको थियो ।

उपराष्ट्रपति नन्दबहादुर पुनले उक्त ट्रफी सार्वजनिक गरेका थिए । स्वस्तिमाका थुप्रै गीत हिट छन् ति मध्ये कुटुमा कुटु पनि एक चर्चित पर्छ ।