suekhet
bheriad

गीतकार दुर्गा प्रधानको पहिलो गीति एल्वम भिडियोमा पाँच संग्रह ,,

lekabesi

गीतकार दुर्गा प्रधानको पहिलो गीति एल्वम ‘वन्ली फर यू’बजारमा आएको छ । प्रधानको एकल शब्द रचना तथा विनोद पछाईको एकल संगीत रहेको सो एल्बममा पाँच वटा गीत संग्रहित छन् । गीतमा अन्जु पन्त, विनोद पछाई, दीपा लामा, मेलिना राई र शिव परियारको स्वर छ । जसमध्ये शिव परियारको आवाजमा रहेको ‘रात पनि दिन हुन्छ…’ बोलको गीतको म्युजिक भिडियो पनि बनाइएको छ ।

निशान घिमिरेको निर्देशन रहेको यो म्युजिक भिडियोमा आकाश श्रेष्ठ र सारा सिर्पालीले अभिनय गरेका छन् । दुर्गाले आफ्नो पहिलो प्रयासलाई दर्शक तथा स्रोताको माया पाउने अपेक्षा गरिन् ।