काठमाण्डौमा पाकेटमार गर्ने ७७ जना पक्राउ जसमा महिला पनि संगलग्न छन् ,

पुस ४ , काठमाडौं – काठमाडौं उपत्यकामा चोरी र लुटपाटमा संलग्न भएको आरोपमा ७७ जना विचौलियालाई प्रहरीले पक्राउ गरेको छ । महनगरीय प्रहरी परिसर काठमाडौंले उपत्यकामा पछिल्लो १५ दिनभित्र चोरी र लुटपाटमा संलग्न रहेको आरोपमा ४ महिलासहित ७७ जनालाई पक्राउ गरेको हो, ।जसमा १ बच्चासहितकी आमा समेत पक्राउ परेकी छन् ।
उनीहरु सवारीसाधन देखि विभिन्न घर , पशल, धाक धम्किमा संलग्न रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त लामाले जानकारी दिए । यो समुहले २ – २ जनाको गिरोह बनाएर सार्वजानिक बस देखि स्थानिए निवासमा चोरी गर्ने गरेको स्वीकारेका छन्।

त्यस्तै प्रहरीले पक्राउ पर्नेहरुबाट बरामद गरिएको ५ लाख ९६ हजार पीडितलाई आवश्यकता र व्यवहारिकताको आधारमा फिर्ता गरिसकेको छ । बरामद भएको १ लाख ६० हजार ७०० रुपैयाँ चोरीमा मुद्दा चलाई अदालतमा प्रमाणित गरी फिर्ता गर्ने क्रममा रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुको साथबाट प्रहरीले ३९ थान मोबाइल, ४ थान आइप्याड, ५ थान ल्यापटप, सुनचाँदीका गहना, नक्कली पेस्तोल, चक्कुलगायतका सामानहरु समेत बरामद गरेको छ । पक्राउ परेकाहरुमाथि थप आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाइएको छ ।
पहिलोपटक पकेट मार्नेलाई १ महिना जेल र सोही बराबर बिगो, दोस्रोपटक पकेट मारेको भेटिएमा २ महिना जेल र सोही बराबर बिगो कार्वाही हुने प्रहरीले जनाएको छ ।त्यस्तै दाङको घोराहीमा बस्ने धनीमान रोकामगरको न्युरोडबाट लुटिएको १ लाख ९ हजार पकेट मार्दामादै पक्राउ गरी प्रहरीले फिर्ता गरेको छ ।
