घास काट्ने खुर्केर, आयो जोवन हुर्केर,पिंढीमा बसेर मेरी आमाका गायक वुद्धिकृष्ण लामिछानेको निधन ,,
गायक वुद्धिकृष्ण लामिछानेको ६६ बर्षको उमेरमा उपचारका क्रममा निधन भ एको छ । वुद्धिकृष्ण विगत ३,४ बर्षदेखि रोगले थालापरेका थिए । उपचारको क्रममा शुक्रबार उनको निधन भएको हो ।
लामिछानेका पिंढीमा बसेर , घास काट्ने खुर्केर, आयो जोवन हुर्केर’बोलका गीत अहिले पनि जताततै घनकिन्छन ।यो गीतले सबै नेपालीको मन छुन्छ ,वुद्धिकृष्णले हाँस्य सिरियल ‘जीरे खुर्सानी’मा १०-१५ भागमा अभिनय गरेका छन् ।उनले गायको गीतको रिमिक्स भर्सन समेत बजारमा आयको छ ।ओर्जिनल गितका गायक हुन् वुद्धिकृष्ण लामिछाने लामिछानेले गाएको यो गीत हाँस्य कलाकार हरिवंश आचार्यले एक सिरियलमा थेगोको रुपमा प्रयोग गरेका थिए ।
आज भन्दा त्यस्तै, १० बर्ष अगाडिको कुरा हो । गायक लामिछानेको ठूलो प्लेन चढेर विदेशमा कार्यक्रम गर्न जाने सपना थियो । यो सपना उनले कलाकार जितु नेपाललाई सुनाएका थिए । जितु त्यो बेलामा हाँस्य क्षेत्रमा संघर्षरत थिए ।
जितुले संझिए,‘मैले, उहाँलाई ठूलो प्लेन चढेर विदेश लैजान्छु भनेर बाचा गरेको थिएँ । तर, त्यो वाचा पुरा गर्न सकिनँ । त्यो बेलामा मेरो कुरा विदेशमा सुन्ने पनि कम थिए । अहिले सुन्छन्, तर उहाँ थला पर्नुभयो । वुद्धिकृष्णको यो सपना पुरा हुन पाएन ।
उनकै गीतको रिमिक्स भर्सन गाएर गायक,गायिका विश्व बजारमा घुमिरहेका छन् । तर, तर, यो गीतका असली सर्जकले भने एउटा सपना पुरा गर्न नपाई यो संसारबाट बिदा हुने परेको छ ।हार्दिक श्रदान्जली वुद्धिकृष्ण लामिछाने ज्यु ।