अंग्रेजी वर्षको रौनक बढ्दै पोखरामा ,,

पुस १५ , काठमान्डौ – हामी नेपाली कुनै पनि कुरामा अगाडीनै छौ , त्यो मैले भन्न नपर्ला । त्यो भन्दा बढी विदेशी मुलुकक चाड पर्वत झन् ताम झामक साथ हामि मनाउछौ ,।
आज भोलि नेपालिहरु आफ्नो चाड पर्वलाई पछाडी पारेर बाहिरी चाडपर्वलाई महत्व राख्छन यो सबैले देखेकै कुरा हो ।आज बाट अंग्रेजी वर्ष २०१८ सकीएर २०१९ भोलि बाट शुरु हुँदै छ ।तेसैको उपल्क्षमा नेपाली हरुको विभिन्न चाड पर्व सँग संगै अंग्रेजी वर्ष २०१९ लाई तामझामका साथ् मनाउने तयारिमा सबै नेपालिजन हरु समुदाय देखि विदेश सम्म लागेको देखिन्छ।
यो पर्व पोखरामा अलि बढी देखिएको छ। किनकि पोखरामा बाह्य पर्यटकलाई स्वागत गर्ने भन्दै पोखरालाई झिलीमिलि बनाईएको छ ।आन्तरिक र बाह्य पर्यटकका कारण तीन दिन पोखराका होटल भरिभराउ हुने पश्चिमाञ्चल क्षेत्रीय होटल संघका अध्यक्ष विकल तुलाचनले बताए।

आजसम्म ४० प्रतिशत पर्यटक आएका छन्। ३० तारिखदेखि तीन दिनसम्म सबै होटल भरिभराउ हुने उनले बताए। पोखरामा पाँच तारे होटलसहित साना ठूला गरी करिब २६ हजार बेड रहेको उनको भनाइ छ।रेवान पोखराको आयोजनामा शुक्रबारदेखि सुरु भएको महोत्सवका शनिबार दिउँसो कोमागाने पार्कमा स्थानीय लोकदोहोरी कलाकारको प्रस्तुतिमा दर्शक रमेका थिए।

शनिबार डुंगा दौड प्रतियोगिता सम्पन्न भएको छ। सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नाराका साथ पोखरा र यस क्षेत्रको कला, संस्कृति, भेषभूषा जगेर्ना गर्दै आन्तरिक एवं बाह्य पर्यटक प्रवद्र्धनमा सघाउ पुर्याउने उद्देश्यले आयोजित महोत्सव पुस १७ गतेसम्म चल्नेछ। अवधिभर लेकसाइड क्षेत्रको साढे तीन किलोमिटर क्षेत्रलाई दुलही झंै सिँगारिएको छ।
सो क्षेत्रमा सार्वजनिक सवारी आवागमन बन्द गरिएको छ।२०१९ को अवसरमा आयोजित महोत्सव अवधिभर लेकसाइड क्षेत्रका एक सय बढी रेष्टुरेण्ट तथा बार सडकमै उतारेर सडकबाट सेवा दिइरहेका छन्। महोत्सवमा झण्डै एक अर्बभन्दा बढीको कारोबार हुने अनुमान आयोजकको छ।
महोत्सवका प्रमुख आकर्षणमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको साँस्कृतिक कार्यक्रम, नेपालका लोपोन्मुख साँस्कृतिक कार्यक्रम, अन्तर्राष्ट्रिय स्तरका विभिन्न खानाका परिकार, मनोरञ्जनात्मक खेलकुदका कार्यक्रम, साहसिक पर्यटक खेलकुद वृत्तचित्र प्रदर्शन हुनेछ।
जनजातिका साँस्कृतिक कार्यक्रम, विभिन्न जिल्लाका कला, सँस्कृति, भेषभूषा र हस्तकलाका सामग्रीको प्रदर्शन, लोकदोहोरी गीत प्रतियोगिता, ख्यातिप्राप्त पप ब्याण्डहरूको प्रस्तुति, बालउद्यान, विभिन्न पिङ, जादुगरलगायत महोत्सवमा थुप्रै आकर्षण रहेको महोत्सव प्रचारसंयोजक गणेश थापाले बताए।
पछिल्ला वर्ष अंग्रेजी नयाँ वर्ष मनाउन आन्तरिक पर्यटकले पोखरा रोज्न थालेका छन् ।पोखरामा यतिबेला विदेशी पर्यटक २० प्रतिशत र ८० प्रतिशत आन्तरिक पर्यटक आउने रेवान पोखराका महासचिव गणेशबहादुर थापाले बताए। यसले गर्दा पोखराका होटेल व्यवसायीलाई पनि केहि राहत मिल्ने उनको भनाई छ ।
