गोविन्द पराजुलीको अध्यक्षतामा बन्यो वाइडबडी जाँचबुझ आयोग गठन ,

पुस,१९ काठमाडौैं – वाइडबडी विमान खरिद प्रकरणमा भएको अनियमितताबारे छानविन गर्न सरकारले उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ ।विहीबार बसेको मन्त्रिपरिषद बैठकले पूर्वमुख्य न्यायाधीश गोविन्द प्रसाद पराजुलीको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको हो ।

आयोगलाई ४५ दिनभित्र प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।आयोगका सदस्यहरुमा पूर्व नायव महान्यायधिवक्ता नरेन्द्रप्रसाद पाठक र चाटर्ड एकाउन्टेन्ट मदन शर्मा रहेका छन् ।विहीबार बसेको मन्त्रिपरिषद बैठकले जाँचबुझ ऐन २०२६ को दफा ३ को २ बमोजिम यो जाँचबुझ आयोग गठन गरिएको मन्त्री बास्कोटाले बताए ।

मन्त्रिपरिषदको निर्णयमा भनिएको छ ‘नेपाल एयरलाइन्सद्वारा खरिद गरिएका दुईवटा वाइड बडी विमान ३३०–२०० का सम्बन्धमा उठेका महत्वपूर्ण सार्वजनिक सवालमा जाँचबुझ गरी नेपाल सरकारसमक्ष ४५ दिनभित्र प्रतिवेदन पेश गर्न मन्त्रिपरिषदले एक जाँचबुझ आयोग गठन गरेको छ ।’

lekbesi

विमान खरिदबारे संसदको सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले प्रतिवेदन तयार पारेको भोलिपल्ट सरकारले जाँचबुझ आयोग बनाएको हो । उपसमितिले पर्यटनमन्त्री, सचिव र निगमका महाप्रवन्धकसमेतलाई दोषी देखाएको छ ।