रेशम चौधरीको सपथ विवादमा तानीयो ,,

पुस २० , काठमाण्डौ – कैलाली १ बाट निर्वाचित सांसद रेशम चौधरीले हिजो मात्र लिएको सपथ विदादमा तानीएको छ। २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनाका मुख्य योजनाको अभियुक्त लागेका रेशम चौधरी डिल्लीबजार कारागारमा रहदै आएका छन्।

कैलाली घटनामा एसएसपी लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मी र एक दुधे बालकको निर्मम हत्या भएको थियो । यता राजपाले भने निर्वाचनमा निर्वाचित सांसदलाई अहिले सम्म सपथ नखुवाएर जेलमा कोचेको आरोप लगाएको छ। भने विपक्षि पार्टीले सरकारको चर्को आलोचना गरेको छ।

पुर्पक्षका लागि डिल्लीबजार कारागारमा रहेका चौधरीको मुद्दा भने विचाराधीनमा रहेको सरकारी अधिवक्ता बताउछन ।सरकारलाई राजपाले दिएको समर्थन फिर्ता लिने भन्दै संसदमा बारम बार धम्कि दिएपछि सरकारले रेशम चौधरीलाई सपथ खुवाएको बुझीएको छ।

राजपाका नेता राजेन्द्र महत्वले बोल्दै भने १० वर्षे जनयुद्द गर्दा धेरै मान्छे मरे प्रचण्ड अहिले आयर प्रधानमन्त्री हुने न्यायको लागि लडेको थारुको छोरा जेलमा बस्ने यो कस्तो कानुन हो भन्दै प्रश्न गरेका छन्?

निर्वाचित रेशम चौधरीले एक वर्ष पछि सपथ लिएका हुन् ।सभामुख कृष्ण बहादुर महराले उनलाई सांसद तथा गोपनीएताको सपथ खुवाएका हुन्। साथै रेशम चौधरीले निर्वाचित प्रमाणपत्र र सांसद लोगो पनि पाएका छन् ।सपथ पछि चौधरीलाई फेरी डिल्लीबजार कारागारला लागिएको छ।