Gold

विष्णु माझीले सीडीओलाई भनिन् म मेरो आफ्नै इच्छाले गुमनाम बाँचिरहेको छु बाहिर …

Naumule Migrate

पुस २२ , काठमाण्डौ – लामो समयदेखि दर्शकमाझ नदेखीएकि विष्णुमाझि आइतबार स्याङजाको सीडीओ कार्यालयमा श्रीमान सुन्दरमणि अधिकारीसहित पुगिन् । उनले सँधैझैं पछ्यौरी र मास्कले अनुहार ढाकेकी थिइन् ।

उनि गुप्तवास भयको भन्ने खबर मेडियामा आयपछी स्याङजाका प्रमुख जिल्ला अधिकारी कोषराज निरौलाले सत्य केहो बुझ्न खोजेको भन्दा विष्णुमाझिको जवाफ आयो। म तेती बाहिर बोल्न जान्दिन तेही भयर बाहिर नहिडेको हु। सुन्दरमणि र विष्णु गाउँमा आएपछि उनले भेटघाटका लागि डाकेका थिए ।

भेटघाटमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाका एसपी राजकुमार लम्साल पनि सहभागी थिए । लम्सालका अनुसार विष्णुले आफ्नै इच्छाले गुमनाम जीवन बाँचिरहेको बताएकी छिन् ।

बिष्णुलाई लम्सालले भने। यति राम्रो कलाकार हुनुहुन्छ ,बाहिर कार्यक्रममा जानुस तपाईका धेरै फ्यान छन्, भन्दा उनले कुनै जवाफ भने दीइनन । कतै अनुहारम खोट छकि भन्ने कुराले छोपेको कपडा निकाल्न लगायौ तर केहि पनि छैन। लवज गाउँले पाराको थियो लम्सालले अगाडी भने।

साथै लम्सालका अनुसार विष्णु धेरै पातली छिन। यत्रो पैसा कमाउनु भाको छ, शरीरचाहिँ किन सुकेको त ? विष्णुको जवाफ आयो म अझै दुब्लाउन चाहन्छु ,।सीडीओ र एसपीले सुन्दरमणिसँग पनि बाहिर नदेखिनुको कारणबारे सोधपुछ गरेका थिए ।

सुन्दरमणिले भने खासै तेती ठुलो कारण छैन। तेस्पछि एसपीले भने अहिलेनै पत्रकार सम्मेलन गर्नुस र सबैलाई भन्दिनुस कि हामी दुबै ठीक छौं,। तर, सुन्दरमणिले त्यसलाई इन्कार गरे ।

उनले भने, ‘हामी एउटा उद्देश्यमा छौं, उद्देश्य पूरा नभएसम्म सार्वजनिक हुन सक्दैनौं । हाम्रो बाध्यता बुझिदिनुहोला ।यस्तो भनाइपछि आफूहरुले धेरै कुरा खोतल्न नचाहेको प्रजिअ लम्साल बताउँछन् ।

जब उनीहरु दुबै बाहिर खुल्न चाहँदैनन् भने यो उनीहरुको निजी विषय हो, त्यसैले यसमा थप खोतलिरहनु आवश्यक देखिएन,’ लम्सालले भने ।विष्णुका आमाबुबालाई पनि बोलाईएको थियो ।उनीहरुको पनि जवाफ आयो हाम्रो निरन्तर भेट घाट भईरहेको छ ।

विष्णुका बुबा भने बिरामी रैछन ,यसअघि उनका बुवाले आफ्नी छोरीसँग वर्षौंदेखि भेट र कुराकानी नभएको बताएको भनेर मिडियामा समाचार आए पनि त्यो सत्य नदेखिएको लम्सालले बताए ।

विष्णु र सुन्दरमणिले आफूहरु काठमाडौंको सोह्रखुट्टेमा बस्ने र जुम्ल्याहा छोरा भएको बताएका थिए ।विष्णु माझीले स्वेच्छिक रुपमै गुमनाम जीवन बिताइरहेको हुनाले अगाडी बोल्न तेती जरुरि देखिन ।तर भविष्यमा उनको ध्यान दिने प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले भने।

Naumule Badhipahiro