सुरक्षा माग्दै बम दिदीबहिनी काठमान्डौमा ,,

Naumule

माघ,५ काठमाडौं – निर्मला हत्याकाण्डमा मुछिएका कञ्चनपुरका दिदीबहिनी बबिता र रोशनी बम सुरक्षा माग गर्दै काठमाडौं आएका छन् । आफूहरुलाई केही महिला अधिकारकर्मीले निरन्तर धम्क्याएको उनीहरुको भनाइ छ ।

गत साउन १० गते निर्मला पन्तको बलात्कार पछि हत्या गरिएको अवस्थामा ११ गते बिहान उखुबारीमा उनको सव फेला परेको थियो निर्मला बम दिदिबहिनिको घरमा १० गते बिहान होमर्क गर्ने भनेर आफ्नो घरबाट हिडेकि थिईन बमको घरबाट निर्माला तेही दिन फर्कीसकेको भनाई छ। निर्मलाको हत्यामा संलग्न को ? भन्ने अहिले सम्म सरकारले पत्ता लगाउन सकेको छैन ।

यता सामाजिक संजालमा भने बम दिदि बहिनि प्रति चर्को आक्रोश पोखीएको छ ।बमदिदि बहिनीलाई पनि प्रहरीले अनुसन्धान नगरेको त होइन तर कुनै कसुर फेला नपरेपछि उनीहरुलाई छोडिएको थियो। कतिपय मानवअधिकार संस्थाका रिपोर्टमा घुमाउरो रुपले बम दिदिबहिनीमा आरोपित गरिएको थियो।

स्थलगत भनिएको मानवअधिकार संगठनको प्रतिवेदनमा दिदी बबितालाई ‘बारमा काम गर्ने’ भनेर हचुवा विवरण दिइएको छ । सोही प्रतिवेदनका आधारमा मिडियामा समाचार आएपछि सामाजिक सञ्जालमा उनीहरु निशानामा परेका हुन् ।

दिदीबहिनीको मानवअधिकारको प्रश्न उठाउँदा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत आलोचित बनेका थिए ।तर पनि बम दिदी–बहिनीमाथि कारवाही गर्नुपर्छ भन्नेहरुको स्वर थामिएन । अहिले पनि धेरैले उनीहरुलाई नै मुख्य अभियुक्त ठानिरहेका छन् ।

बम दिदीबहिनीले ज्यानको सुरक्षा हुन नसकेपछि राज्यसँग गुहार माग्न काठमाडौं आएको बताए । निर्मलाको निम्ति न्याय माग्ने आन्दोलनमै विभाजन आएपछि आफूहरु थप असुरक्षित भएको उनीहरुको दाबी छ ।हाम्रो चरिहत्या गर्ने र बारम्बार धम्की दिने काम आफूलाई महिला अधिकारकर्मी भन्ने राजनीतिक दलका दुई नेतृ र एक स्थानीय पत्रकारले गरेका हुन् भन्दै उनीहरुले सामुहिक रुपमा भने ।

Gurvakot

‘हाम्रा त चरित्रहत्या भया छ । दोषी हउँ कि निर्दोष हउँ साबित गर्न काठमाडौं आया होइन, त्यो काम काननुको हो । तर, हामीलाई त मिडिया र युट्युबरले अपराधी बनाइदिया, मानवअधिकारवादीले बेश्या बनाइदिया । निर्मला त मरिगइन्, हामी जिउँदो निर्मला भया छौं,’ रोशनीले एकै सासमा यति कुरा भनिन् ।

साथी निर्मलाको हत्यापछि स्कूल जान छोडेकी रोशनी र उनकी दिदी बबिता हत्याकाण्डको ६ महिनापछि आमा इन्दिरादेवीसँगै काठमाडौं आएका हुन् । उनीहरुले मिना भण्डारी र शारदा चन्दको नामै लिएर भने, ‘कन्चनपुरका केही मानवअधिकारकर्मी तथा नेतृहरुको निरन्तर धाकधम्कीका कारण असुरक्षित भयौं । त्यसैले काठमाडौं आउनुपरेको हो उनीहरु भन्छन्, ।

‘हिजो डिल्लीराज विष्टले हामीलाई जोगाएको भने पनि आज प्रहरीका सात टोलीले अनुसन्धान गरिसकेका छन् । यदि हामी दोषी भए राज्यले कारवाही गरोस् । होइन भने महिला अधिकारवादीले काठमाडौं आउँदासमेत धम्की दिइरहेका छन् ।

यहाँ पनि हामीलाई शंकास्पद व्यक्तिले पिछा छाडेका छैनन् ।काठमाडौंबाट आउने मानवअधिकारवादी र महिला अधिकारकर्मीले पनि उनीहरुले जे भन्छन्, त्यहि सही मानेर लेखे । हाम्रो टोल छिमेकमा आएर हाम्रोबारे बुझ्न चाहेनन् वा बुझेर पनि लेख्न चाहेनन्,’ बम दिदी बहिनीले भनेका छन्, ‘यिनीहरुले हामीलाई जिउँदै मारेका छन् ।

निर्मलाको मृतु भएदेखि आफुहरु राम्रो संग हास्न समेत नसकेको उनीहरु बताउछन ।उनीहरु भन्छन निर्मला हाम्रो धेरै मिल्लने साथी हो तर आज यो संसारमा छैन ।

निर्मलाको हत्या संलग्न संकास्पद भन्दै प्रहरीले केहि व्यक्तिको डिएनए पनि चेक गरेको थियो तर सबैको रिपोर्ट नेगेटिभ आयको थियो।

 

 

 

 

 

Bangad kupinde