नेकपा सचिवालय बैठकमा केपी ओली अल्पमतमा परेपछी बैठक छोडेर हिडे ,
मङ्सिर १७ ,काठमान्डौ – हिजो १ बजे देखि ४ बजे सम्म वालुवाटारमा सम्पन्न भएको नेपाल कम्युनिस्ट पार्टी नेकपाको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली अल्पमतमा परेका छन्।
९ जनाको सचिवालय बैठकमा ओली एक्लो थिए ,उनलाई महासचिव अर्थमन्त्री बिष्णु पौडेलले मात्र साथ दिएका थिए भने अन्य सचिवालय सदस्यले नेकपा कार्यकारी अधय्क्ष पुष्पकमल दाहाल प्रचण्डलाई साथ दिएपछि ओली बैठकमा अबसना समेत मानेन।
बैठकको सुरुमा ओलीलाई प्रचण्डले आफ्ना भनाइ राख्न अनुरोध गरेपछि ओली कडकिएका थिए भने आफु विरुद्द प्रचण्डले ल्याएको प्रस्तावमा छलफल समेत गर्न मानेनन।
ओलीले आफुलाई जे पायो तेही बोल्न मिल्छ ,त्यो आरोपपत्रमा छलफल हुन्सक्द्दैन ,त्यसले पार्टीको साख गिराएको छ भनेर जवाफ दिएका हुन्।
लगतै प्रचण्डले आफुले ल्याएको प्रस्तावमा सचिवालयले टुंगो लगाउछ तपाईले आफ्नो मत राख्नुहोस पार्टी गम्भीर मोडमा छ ,भनेपछि एक छिन ओली प्रचण्डबीच चर्का चर्की समेत भएको थियो।
अन्य असन्तुस्ट नेताहरुले ओलीलाई तत्काल यो विषयमा छिनोफानो गर्न दबाब दिएपछि ओली बैठकमा बस्न सहमत भएका थिए।
प्रचण्डले ओलीलाई अहिलेको विवाद सिर्जना गर्ने र फायर खोल्ने तपाई हो ,सचिवालय बैठक बोलाउनुस भनेर पत्र लेख्दा समेत तपाईले हामीलाई कति अपमान गर्नु भो ,पद्दतिको कुरा गरेर तोक लगाउने वालुवाटारमा अबसर पार्टी फुटको धेरैपटक सिर्जना गर्नु भो तपाई आई एम द स्टेट भन्ने भाव छ भनेर बोलेका थिए।
तपाईले पार्टीमा कि मा रहन्न कि प्रचण्ड रहनुहुनन भन्दै हिड्नुहुन्छ अनि पार्टी एकताको पक्षधर हु भन्नुहुन्छ ,प्रस्तावमा माथि छलफल गर्न दिन्न भनेन तपाई को हो ? देशव्यापी गुट भेला, मदन भण्डारी फाउन्डेसनका कार्यक्रम, एमाले दल दर्ता र पार्टी विभाजनको अध्यादेश ल्याएर फुटतिर लैजाने काम तपाईंबाट भएको छ ।
अहिलेपनि मलाई र अरुलाई उत्तेजित पार्न खोज्नु भएको छ ,उत्तेजित पारेर कसैले केहि बोलि हाल्छ कि भनेर सोच्नु भयको होला हामि उत्तेजितमा आउदैनौ प्रचण्डले भने।
तेस्तै माधव कुमार नेपालले पनि नेकपामा विवाद ल्याउने मुख्य जड भनेको केपी ओली रहेको बैठकमा बताए ,बैठक नै नबोलाउने पार्टी फुट्छ भन्नु तपाईको धारणा गलत छ ओली जी ,तपाई दुई अधय्क्षबीचको एकता हो भन्नु हुन्छ यसमा मा पहिलेदेखि सहमत थिए।एकतामा सहमत हुनेहरू पार्टीभित्रै रहन सक्छन्, सहमति नभएपछि छाडेर हिँड्छन् नेपालले भने ।
तेस्तै झलनाथ खनाल सहमति भएन भने बहुमतबाट जाने पार्टीको विधि, पद्धति त छँदै छ नि, पार्टीको पद्धति मानौं र यो सहमतिको नीतिले ल्याएको संकटलाई सच्याऔं भनेका थिए । प्रस्ताव आएपछि छलफल गर्दिन भन्न त मिल्दैन छलफल गरौ ,पहिले अनौपचारिक छलफल गरौ अनि बैठक राखौ।
वामदेव गौतमले पनि अगाडी भने केपी जी र प्रचण्डजीले ल्याएको प्रस्तवा अगाडी बढिसक्यो ,यो विषयमा जसरिपनि छलफल हुनुपर्छ र हुन्छ छलफल गरेर मात्र सहमति खोजौ।
पार्टी प्रवक्ता नारायणकाजि श्रेष्ठले पनि अनौपचारिक छलफल गरौ र निष्कर्षमा पुगौ यसो भन्दैमा औपचारिक बैठकभने रोक्न मिल्दैन। तर पार्टीले ल्याएको औपचारिक बैठकमा बस्दिन छलफल गर्दिन भन्न मिल्दैन भनेर जवाफ दिएका थिए।
गृहमन्त्रि राम बहादुर थापाले पनि दुवै अध्यक्षबीच छलफल नभई यो प्रस्ताव नल्याउन पर्थ्यो अब ल्याईसकेपछी छलफलमा त जाने पर्छ भनेर जावफ दिए।
अर्थमन्त्री बनेका बिष्णु पौडेलले भने दुवै अध्यक्षले पेस गर्नुभएको प्रस्तावमाथि छलफल गर्ने नगर्ने भन्नेमा आमा केहि बोल्दिन भनेर जवाफ दिएका थिए। सबै सचिवालय सदस्य एक जुट भएर प्रस्तवामा छलफलको माग गर्दा भने बिष्णु पौडेलले नुनको सोझो गरेको प्रस्ट बुझिन्छ।