बसुन्धरा बमकाण्ड चन्दा नदिएपछि विप्लवले बम विस्फोट ,,

फागुन २५ , काठमान्डौ – बसुन्धरा स्थित वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा हिजो भएको शक्तिशाली विष्फोट विप्लव समूहले गराएको हुनसक्ने देखिएको छ ।

शुक्रबार साँझ गुरुङको घरको ग्यारेजमा राखिएको गाडीमा शक्तिशाली विस्फोट भएको थियो । विष्फोटमा परेर ४ जना घाइते भएका छन् भने घरमा पार्किङ गरेर राखिएको बा १० च ६७८९ नम्बरको ल्याण्ड क्रुजर गाडी क्षतविक्षत भएको छ ।

वरपर रहेका घरमा पनि सिसाहरु फुटेका छन सुरुमा ठूलो विस्फोटको आवाज आएको थियो, त्यसपछि आगलागी भयो । त्यसक्रममा थप दुई विस्फोटको आवाज आएको स्थानीय बताउछन।

केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीका अनुसार विष्फोट भएको हो । तर, कुन प्रकृतिको हो भन्ने केही सबुत भेटिएको छैन । हालसम्म विष्फोट कसरी भयो भन्ने निक्र्यौल भइसकेको प्रहरीले बताएको छ ।

स्रोतका अनुसार विप्लव समूहका कार्यकर्ता गुरुङ कहाँ चन्दा माग्न पुगेका थिए । करिब तीन महिना अघि युवा संगठनको नाममा वैदेशिक रोजगार व्यवसायी संघको कार्यालयमा पत्राचार गरेर चन्दा माग गरिएको थियो ।

पटकपटक गुरुङ र विप्लवका कार्यकर्ताबीच भेटघाट भएको देखिन्छ’, स्रोतले भन्यो, ‘गुरुङले आफूहरु आर्थिक संकटमा रहेको भन्दै चन्दा दिएका थिएनन् । यधपी चन्दा नदिएको नाममा विस्फोट गराईएको हुन सक्ने अनुसन्धानले बताएको छ।