आज देखि देशभर एसईई परिक्षा सुरु नायिका करिश्मा भने परिक्षा केन्द्रमा झुकीइन ,

चैत १० , काठमान्डौ – आज बाट देशैभर बिहान ८ बजे बाट एसईई परिक्षा सुरु भएको छ। देशभरका करिब ४ लाख ७५ हजार परिक्षार्थि एसईपरिक्षामा सामेल छन्।
तीमध्ये दुई लाख ३६ हजार ४ सय ४५ छात्र र २ लाख ३८ हजार ५ सय ५८ छात्रा छन् । आजकैदिनमा नायिका करिश्मा मानन्धरपनि एसईई परिक्षामा सामेल हुन विजय स्मारक मावि डिल्लीबजार केन्द्र पुगेकी छिन ।

उनी त्रिवेणी पब्लिक बोर्डिङ स्कुल मैतीदेवीकी विद्यार्थी हुन् ।उमेरले अहिले ४५ वर्ष पुगेकी करिश्मा मैतीदेवीस्थित त्रिवेणी स्कुलमा ८ कक्षा भर्ना भएर पढ्न थालेकी हुन् ।

१४ वर्षको उमेरमा ७ कक्षा पढ्दा , पढ्दै स्कुल छोडेर उनि फ्लिम क्षेत्रमा प्रवेश गरेकी थीइन। आफ्नै निलो कार चढेर उनि परिक्षाकेन्द्रमा आज एसईई परिक्षा दिन पुगेकी हुन् उनी विद्यालयकै पोशाकमै सजिएर पुगेकी छिन।
करिश्माले परिक्षा दिन जाँदा झुक्किएर विद्यालएको परिचयपत्र भनेर चलचित्र विकास बोर्डको कार्ड भिरेर पुगेकी रैछिन ।परिक्षा दिदा विद्यालाएको परिचयपत्र पनि जरुरि हुन्दैन ,।
