केटीको विषयमा ललितपुरमा ग्याङफाइट, छुरा प्रहारबाट एकको मृत्यु ,,

वैशाख २० , ललितपुर – केटीको विषयमा विवाद हुँदा एकजना युवकको मृतु भयको छ ।शुक्रबार साँझा ललितपुरको सुमेरु अस्पताल नजिकैको गल्लीमा दुई समूहबीच ग्याङफाइट हुँदा एक जनाको छुरा प्रहारबाट मृत्यु भएको हो ।

मृतु हुनेमा ललितपुर महानगरपालिका – ६ प्रयागपोखरी बस्ने २० बर्षीय अन्सल शाक्य रहेको प्रहरीले जनाएको छ । केटीको विषमा २ समूहबीच हात हालाहाल भयपछि छुरा प्रहारबाट घाईते अन्सनको उपचारको क्रममा सुमेरु सिटी अस्पतालमा मृत्यु भएको हो

पक्राउ परेका सबै केटाहरु लागूऔषध दुव्र्यसनीमा संलग्न रहेको र सो घटनामा संलग्न मुख्य अभियुक्तसहित ६ जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता (डीएसपी) नारायण चिमौरियाले जानकारी गरे । उनीहरुमा थप अनुसन्धान भैरहेको छ ।

lekbesi