suekhet
bheriad

२९ दिनमा चलचित्रको छायांकन निर्माण ,,

lekabesi

चलचित्र ‘रातो टिका निधारमा’को छायांकन २९ दिन लगाएर एसको निर्माण पक्षले सकेको छ ।

चलचित्रलाई अशोक शर्माले निर्देशन गरेका  हुन् ।चलचित्रमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नयाँ नायक अंकित शर्माको मुख्य भूमिका छ ।

चलचित्रमा यी दुई कलाकारको साथमा नीता ढुंगाना, खुश्बु खड्का, बुद्दी तामाङ, रश्मी भट्ट, जयनन्द लामा, अर्जुन श्रेष्ठ, राजाराम पौडेल, शिवहरी पौडेल, बसुन्धरा भुषाल लगायतको पनि मुख्य भूमिका छ ।

पुरानो चलचित्र ‘अल्लारे को रातो टिका निधारमा बोलको गीत यो चलचित्रमा समावेश छ। यो गीत रिमेक गरि दर्शकमाझ आउदै छ।

राजधानी र राजधानीदेखि बाहिर विभिन्न ठाँउमा छायांकन गरिएको यो चलचित्र आगामी दशैंमा रिलिज हुने निर्देशक शर्माले बताए ।