कुमार पौडेल मुठभेडमा मारीएका हुन् गृहमन्त्री थापा बादल ,,

असार ९ , काठमान्डौ – नेकापा विप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल प्रहरीसँगको मुठभेडमा मारिएको गृहमन्त्री थापा बादलले बताएका छन् ।

असार ५ गते पौडेलमाथि लालबन्दी नगरपालिका वडा नम्बर १ लखनदेहीस्थित जंगलमा प्रहरीले गोलि चलाएर हत्या गरेको थियो पौडेलले आफ्नो साथिलाई कुरिरहेको बेला प्रहरीले पक्राउ गरि हात र खुट्टामा गोलि हानेको थियो ।

पौडेलको हत्याबारे विप्लवले विज्ञप्ति जारि गर्दै अमानविय तरिकाले आफ्नो साथीलाई हत्या गरि मुठभेडभन्ने सरकार संग जनकारबाहीबाट बदला लिने समेत चेतावनी दिएको छ।

पौडेलको हत्याबारेमा मानव अधिकारले पनि आवाज उठाएको छ ।जसप्रति सरकारले पनि चासो देखाएको छ।

तर संसदको राज्यव्यवस्था समितिको सोमबारको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले प्रहरीको जवाफी कारबाहीमा पौडेल मारिएको दाबी गर्दै प्रहरीको बचाउ गरेका हुन् ।

अनटेस्ट बाईकमा चारजना हतियारसहित आएका चारजना टोलीले प्रहरीमा गोलि प्रहारगरेपछि प्रहरीले जवाफी कारबाही गर्दा एक जनाको घटनास्थलमा मृतु भएको हो ।

घटनास्थलमा फेला परेको परिचय हेर्दा मृतक विप्लव समूहको सर्लाही जिल्ला इञ्चार्ज वागमती नगरपालिका वडा नम्बर २ बस्ने वर्ष ४७ को कुमार पौडेल भएको खुल्न आएको छ ।

घटनास्थलबाट मेड इन युएसए लेखिएको रिभल्बर एक थान, कटुवा पेस्तोल एक थान र तीनमा लाग्ने गोली ६ थान बरामद भएको जानकारी पनि मन्त्री थापाले गराए ।

साथै बिष्फोटका लागि प्रयोग हुने केही सामाग्री, अखिल नेपाल भूमिहीन सुकुम्बासी संघ लेखिएको कसैको नाम उल्लेख नगरिएको परिचय पत्र २ सय थान, ना २२ प ६४ नम्बरको पल्सर मोटरसाइकल एक थान र अनटेस्ट एफजेड मोटरसाइकल एक थान पनि बरामद भएको गृहमन्त्रीको भनाइ छ ।

विप्लव समूहले लालबन्दी र हरिऔन इलाकाका स्थानीय जनप्रतिनिधि, व्यापारी, व्यवसायी एवम् सर्वसाधारण व्यक्तिहरुलाई धेरै समय अगाडिदेखि जबर्जस्ती चन्दा माग्ने, चन्दा नदिएमा ज्यान मार्ने लगायतका धम्कीहरु दिने र जनमानसमा आतंक सिर्जना गर्ने गरेको मन्त्री थापाको भनाइ छ ।

पौडेल मुठभेडमै मारिएको बताए पनि घटनाको छानविन गर्ने प्रतिबद्धता गृहमन्त्री थापाले जनाएका छन् । सांसदहरुले छानविनको माग गरेपछि मन्त्री थापाले सत्य तथ्य बाहिर ल्याउने प्रतिबद्धता जनाएका हुन् ।

अहिलेसम्म गृहमन्त्रीले प्राप्त गरेको रिपोर्टअनुसार मुठभेडमै मृत्यु भएको हो । तर, जनताको फिल्ड रिपोर्ट पनि आएको भन्ने सुनेको छु, फोटाहरु पनि आएका छन् ।

फिल्ड रिपोर्टको पनि आधारमा त्यसबारे सत्य तथ्य छानविन गरिन्छ थापाले भने ।सरकारले विप्लव समुहलाई प्रतिबन्धित गरेको छ र वार्तामा आउन आवहान गरेको छ तर विप्लव त्यो चाहदैन थापाले भने।